[Show all top banners]

poudelu

More by poudelu
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लघुकथा: समाज
[VIEWED 5035 TIMES]
SAVE! for ease of future access.
Posted on 09-18-13 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लघुकथा: समाज
-
उत्तम पौडेल

सामाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ |” .....बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो |

पढाएको कुरा बिधार्थीहरुले कतिको बुझे या बुझेनन् भनेर जान्न उनि फेरी बोले –“ ल अब तिमीहरु भर्खरै पढाएको कुरा पुस्टि गर्ने उदाहरणहरु देउ त |”

एकछिन पछि कृष्ण बोल्यो – “चाइनामा माओले औध्योगीकरणको नाममा कृषिलाई लत्याएपछी अनिकाल लगेर लाखौ मानिसहरु मरे | आजसम्म पनि खानेकुरा फ्याँक्नेलाई उक्त समाजमा घृणा गरिन्छ |”

शिक्षकले खुशी हुँदै कृष्णलाई स्याबासी दिए |

हरिले अर्को उदाहरण दियो –“जापान र इजरायलमा प्राकृतिक श्रोत नभएको कारणले, त्याहाँको समाजमा शिक्षालाई सबैभन्दा महत्व दिइन्छ|  पैसा हुनेलाई भन्दा शिक्षित व्यक्तिलाई सम्मान गरिन्छ |”
हरिले पनि स्याबासी पायो |

कैलास पनि के कम, उसले अर्को उदाहरण ठोक्यो –“बेलायत संग १०० बर्षे युद्द भएको कारणले, र जर्मनीसंग प्रतिस्पर्धा भएको कारणले गर्दा फ्रेन्च नागरिकले अंग्रेजी र जर्मन सिक्नै चाहेनन् | बिकसित देशहरुमा आजपनि फ्रान्स सबैभन्दा कम बहुभाषी भएको देश हो |”
कैलासले पनि जोड्दार स्याबासी पायो |

बबिता पनि कहाँ कम थिई र, अर्को उदाहरण आयो- स्थापना कालदेखिनै थुप्रै देशका बासिन्दाहरु बसाँइ सरेर बनेको समाज हुनाले, अमेरिकी समाज आजसम्म पनि सबैभन्दा बलियो आप्रबासी अधिकार र स्वतन्त्रता भएको समाज हो |”

पुरै कक्षा को भन्दा को कमको शैलीमा उदाहरण दिँदै थियो, र स्याबासी पचाउँदैथियो | तर कक्षाको अर्को तीक्ष्ण बिधार्थी रमेश भने चुपचाप थियो, गम्भीर भएर सबैको कुरा सुनिरहेको थियो |
त्यो देखेर शिक्षकले रमेशतिर नजर फ्याँक्दै सोधे-तिम्रो दिमागमा पनि केहि उदाहरण छन् कि रमेश ?”

रमेशले भुइँतिर हेर्दै जवाफ दियो – “इज्जत-बेइज्जतको ख्याल नभएको, बेला-न-कुबेला कर्कश बोलीमा हुँदो-नहुँदो भुक्ने, क्वार-क्वार कराउनेहरुलाई हामीले प्रभु मान्छौं | त्यसैले नेपाली समाजमा  कार्तिकमा कुकुर र कागको पुजा हुन्छ |”

स्याबास भनुँ या नभनुँ भनेर शिक्षक बडो दोधारमा परे |

-------------------------
मेरा अन्य लघुकथाहरु:
http://www.mysansar.com/2013/09/7405/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters