[Show all top banners]

shivanatarajan
Replies to this thread:

More by shivanatarajan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बेलायत र अमेरिकामा नेपालको संविधानबारे भ्रम छरिएको रहेछ
[VIEWED 3414 TIMES]
SAVE! for ease of future access.
Posted on 04-29-16 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेप्टेम्बर वा अक्टोबरमा अमेरिकी विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायत र अमेरिकामा नेपालको संविधानबारे भ्रम छरिएको आफूले पाएको बताएका छन् । १० दिन लामो दुई देशको भ्रमणपछि नेपाल फर्किएका थापाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीको क्रममा सो कुरा बताएका हुन् ।
‘नेपालको संविधानबारे दुवै देशमा दुष्प्रचार गरिएको रहेछ,’ उनले भने । थापाले के कारणले भ्रम परेको विषयलाई स्पष्ट रुपमा नखुलाए पनि मधेस आन्दोलन र भारतको गलत प्रचारबाजीले त्यस्तो हुन पुगेको तर्फ उनले संकेत गरे । उनले दुई देशको भ्रमणका क्रममा नेपालबारेको भ्रमलाई चिर्न सफल भएको समेत दाबी गरे ।

kamal thapa

थापाले भने– “हामीले नसोचेको ढङ्गबाट संविधान र राजनीतिक घटना क्रमका बारेमा विश्व समुदायलाई भ्रम पार्ने योजनाबद्ध र सङ्गठित प्रयास भइरहेको अनुभव यस पटक हामीले गरेका छाँै ।”

“अमेरिका र बेलायतमा जोसँग भेट्दा पनि उही भाषा र शैलीमा संविधान र नेपालको राजनीतिक घटनाक्रमका बारेमा चासो र चिन्ता व्यक्त गरिएको छ, यसबाट नकरात्मक ढङ्गबाट भ्रम फैलाउने काम भइरहेको छ भन्ने प्रस्ट हुन्छ”–थापाले भन्नुभयो । दुवै देशमा भएका उच्च तहको भेटघाटका अवसरमा नेपालको संविधानमाथिको भ्रम निराकरण गर्ने प्रयास गरिएको र त्यसबाट धेरै हदसम्म सफल भएको उनले जिकिर गरे ।
“विश्वको महाशक्ति राष्ट्र अमेरिका र शक्तिशाली बेलायतले नेपालको संविधानप्रति समर्थन जनाउँदै सकारात्मक दृष्टिकोण राखेका छन्, नेपालको संवैधानिक विकासक्रममा दुवै देशको समर्थन रहेको सम्बन्धित व्यक्तिबाटै जानकारी प्राप्त भएको छ”– परराष्ट्रमन्त्री थापाले भने । त्यस्तै नेपालमा संविधान जारी भएपछि कार्यान्वयन गर्न वातावरण तय हुँदै गएको जानकारी विश्व समुदायलाई गराइएको पनि मन्त्री थापाले बताए ।

नेपालको संविधानका कैयाँै सकारात्मक पक्षबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नै नरहेको बताउँदै उनले संविधान, राजनीतिक घटनाक्रम र भूकम्पछिको पुनःनिर्माणका बारेमा ती राष्ट्रलाई बुझाउन सफल भएकाले आफ्नो भ्रमण अत्यन्त उपयोगी र महत्वपूर्ण रहेको जिकिर गरे ।

अमेरिकी विदेशमन्त्री जोन केरीसँगको भेटबाट नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताउँदै उप्रधानमन्त्री थापाले संविधान जारी भएपछि शान्ति, स्थायित्व र विकासको वातावरण तय हुँदै गएका बारेमा आफूले जानकारी गराएको उल्लेख गर्नुभयो ।

नेपाल भ्रमणका लागि राखिएको प्रस्तावमा विदेशमन्त्री केरीले आफ्ना सहयोगीसँग तुरुन्त छलफल गरेर सेप्टेम्बर वा अक्टोबरमा नेपाल आउन सक्ने प्रतिबद्धता जनाएको जानकारी दिँदै उनले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकसँग जोडिएको विषयलाई बेलायतले त्रिपक्षीय सम्झौताअनुरुप कसरी कार्यान्वयनमा ल्याउने भनी राष्ट्रिय कार्यसूचीका रुपमा अघि बढाइरहेको बताए ।

परराष्ट्रमन्त्री कमल थापा उच्चस्तरीय हस्ताक्षर समारोहमा भाग लिन गत वैशाख ७ गते अमेरिकाको न्युयोर्क तर्फ प्रस्थान गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा २२ अप्रिलमा संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुनले सञ्चालन गरेको ‘पेरिस सम्झौता’को उक्त समारोहमा भाग लिएका थिए । फ्रान्सको राजधानी पेरिसमा सन् १२ डिसेम्बर २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय रुपरेखा सम्मेलनले पेरिस सम्झौता ग्रहण गरेको थियो । उक्त समारोहमा उपप्रधान मन्त्री थापाले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्नुका साथै सम्बोधन गरेका थिए ।
मन्त्री थापाले युनाइटेट स्टेट इस्टिच्युट अफ पिस इन वासिङ्टन डिसीमा वैशाख १३ गते गर्ने परिस्कृत समृद्धिका लागि नेपालमा शान्ति, स्थायित्व तथा प्रजातन्त्र र नेपाल–संयुक्तराज्य अमेरिका सहकार्य कार्यक्रमलाई सम्बोधन गरेका थिए ।



 
Posted on 04-29-16 8:35 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्स्या भासा मे लेखो न भाई as usual.


 
Posted on 04-30-16 10:04 PM     [Snapshot: 181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाष्ने हो यसले : हिन्दीमा लेखेको भेटन होला , उत्ल्था गर्नु यसको लागि पुनर्जन्म लिनु पर्छ |

तो क्या हा : कास्मिरके भारैतिया सेनाओने सिमाओ पर रेजार रखनेकी सोच रखि है ? यो समाचार पढेर हामि खुसि मनाउ ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters