[Show all top banners]

shivanatarajan
Replies to this thread:

More by shivanatarajan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालको हवाइ यात्रा कति सुरक्षित ?
[VIEWED 4715 TIMES]
SAVE! for ease of future access.
Posted on 05-01-16 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको हवाइ यात्रा कति सुरक्षित ?

सबैमा एउटा आशंका जन्माएको नेपालको हवाई सेवा असुरक्षित हुँदै गएको  होइनसरकारी अधिकारीवायुसेवा सञ्चालकपाइलटलगायत विज्ञहरू लगातार भएका पछिल्ला तीन दुर्घटनालाई 'दुःखद संयोगको संज्ञा दिन्छन्। तरदुर्घटनालाई संयोगै मानेर आँखा चिम्लने अवस्था छैन। आन्तरिक हवाई सेवाका कमी-कमजोरी औंल्याउँदै दुर्घटनातर्फ सचेत गराइएका उदाहरण पनि प्रशस्तै छन्।

विज्ञहरूका भनाइमा नेपालको भौगोलिक अवस्थाआन्तरिक उडानमा प्रयोग हुने पुराना जहाजपर्याप्त उपकरण अभाव  मौसम नै दुर्घटना दर बढ्नुका मुख्य कारण हुन्। पाइलटको गल्तीनियमन निकायको बेवास्तावायुसेवा

'असुरक्षित हुँदो हो  २७ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं उडान गर्थेनन्,' उनले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि विश्वका अप्ठ्यारा विमानस्थलभित्र पर्छ। समुद्र सतहबाट यसको उचाइ  हजार  सय ९० फिट छ।'

निजी क्षेत्रको एक वायुसेवा कम्पनीका वरिष्ठ पाइलटको धारणा पनि उस्तै छ। 'वायुसेवा सञ्चालकले सकेसम्म जहाज उडाउन पाइलटलाई दबाब दिने गरेका छन्,' ती पाइलटले नाम उल्लेख नगर्ने सर्तमा भने, 'नियम-कानुनले पाइलटलाई दबाब दिन मिल्दैन। अन्तिम निर्णय हाम्रो भए पनि जागिरको सवाल भएपछि उडाउन बाध्य हुन्छौं।प्राधिकरणले यस्तो विषयमा नियमित अनुगमन गर्नुपर्ने उनको सुझाव छ।

वायुसेवा सञ्चालकको 'चाहनाअनुसार प्राधिकरणको महानिर्देशकहवाई उड्डयन सुरक्षा विभागका निर्देशक  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक नियुक्त हुने गरेको दाबी ती अधिकारीले गरे। 'यस्तो भएपछि नियमन निकायमै जहाज सञ्चालकको हस्तक्षेप हुन्छ,' उनले भने, 'अनि त्यस्ता सञ्चालकका जहाज समयमै मर्मतसम्भार भएका छन् वा छैनन्उडान नियम मानेका छन् वा छैनन् भन्ने अनुगमन कम हुनु स्वाभाविक हो।'

तरउनी पनि नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताउँछन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार उडान हुने गरेकाका कारण सुरक्षाका दृष्टिले यहाँको उडान औसतभन्दा तल नरहेको उनले जानकारी दिए। प्राधिकरणको निर्देशन अवज्ञा गरी जहाज उडाउने कम्पनी कारबाहीमा परेका उदाहरण रहेको उनले बताए। सुरक्षा प्रक्रिया अवलम्बन नगरेपछि जतिसुकै दक्ष पाइलटले उडाए पनि जहाज दुर्घटनामा पर्न सक्ने उनको भनाइ छ।

यताफिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत तथा वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाण्डेको भनाइमा दुर्घटना हुनुमा चुनौतिपूर्ण मौसम  भौगोलिक अवस्था प्रमुख कारण हुन्। उनी पुराना जहाजका कारण दुर्घटना हुने गरेको 'आरोपमान्न तयार छैनन्। त्यसमाथि तोकिएभन्दा बढी सामान राखेर (ओभरलोडउडान गर्ने गरिएको भनाइ  पाइलटलाई दबाब दिएर उडाउने गरिएको भनाइप्रति उनी पूर्ण असहमति जनाउँछन्।

'हामीसँग साना जहाज धेरै भएकाले यिनका आवागमन बढी हुनु स्वाभाविक हो। बरूविमानस्थल साँघुरो ,' उनले भने, 'तै पनि हाम्रो आकाश सुरक्षित छ।तोकिएको समयमै मर्मतसम्भार गरे जहाज जति वर्ष पुरानो भए पनि कुनै समस्या नहुने दाबी उनले गरे। सन् १९४० मा अमेरिकामा बनेको जहाज अहिले पनि त्यहाँ उडिरहेको उदाहरण उनी दिन्छन्।

उड्डयन क्षेत्रबाहिरका व्यक्तिले सोचेभन्दा बिल्कुल भिन्न अवस्था रहेको उनको भनाइ छ। प्रत्येक उडानअघि इन्जिनियरले सबै परीक्षण गरेपछि मात्र पाइलटले जहाज उडाउने गरेको उनले जानकारी दिए। 'पाइलटलाई सञ्चालकले कहिल्यै दबाब दिँदैनन्यसमा जहाजसहित यात्रुको सुरक्षाको सवाल हुन्छ,' उनले भने, 'कसैले कसैलाई जबर्जस्ती गर्न मिल्दैन। टोटल वेट नहेरी पाइलटले उडाउँदैन। विगतमा ओभरलोड गरिएका जहाज उडेको १०-१२ मिनेटपछि फिर्ता गरिएका उदाहरणछन्।'

पुराना जहाज उडाउनु सञ्चालकको बाध्यता भएको तर्क उनको छ। ४०-५० मिनेटको उडान यहाँजस्तो  हजार/३५ सय रुपैयाँमा संसारमा अन्त कतै पनि उड्न नपाइने दाबी उनले गरे। 'त्यसैले पुराना जहाज ल्याउनु नौलो होइन,' उनले भने, 'हाम्रा अधिकांश कम्पनीले उडाइरहेका ट्वीनअटर  डोर्नियर जहाज अब विश्वबजारमा पाइँदैन। यी जहाज नभए हाम्रो दुर्गम भेगको यातायातमा गम्भीर समस्या आउनेछ।'

प्राधिकरणको नियमअनुसार २० वर्षभन्दा पुराना जहाज आयात गर्न पाइँदैन। तरयहीँ भने एउटा कम्पनीले अर्कोलाई बेचबिखन वा भाडामा दिएर जति वर्ष पुराना पनि चलाउन पाइन्छ। वायुसेवा निगमका साना ट्वीनअटर जहाज करिब ४० वर्ष पुराना हुन्। यस्तै जहाज अरु निजी कम्पनीसँग पनि छन्।

त्रिभुवन विमानस्थलबाट वार्षिक १४ लाख यात्रु आवागमन हुने गरेको छ। सन् १९५७ मा हवाई विभाग  १९५८ मा वायुसेवा निगम स्थापना भएका हुन्। १९६४ मा अन्तर्राष्ट्रिय विमानस्थल घोषणा गरिएको थियो। १९९२ बाट आन्तरिक उडानमा निजी क्षेत्रको प्रवेश भएको हो। त्यही वर्ष थाई एयरवेज  पाकिस्तान इन्टरनेसनल एयरलाइन्स दुर्घटना भएका थिए। दुवै दुर्घटनामा  सय ८० जनाले ज्यान गुमाएका थिए।

तत्कालका लागि उडानमार्गमा धेरैभन्दा धेरै मौसम अड्डाहरु  क्यामेराहरू राखेर बास्तविक समयको तथ्यगत सूचना सम्प्रेषित हुने व्यवस्था गर्न सक्यो भने केही उपयोगी होला  मौसम छिनछिनमा परिवर्तन भैरहञ्छ  पहाडको वारि एक किसिमको हुने मौसम पारि अर्कै हुन सक्छ  त्यसैकारणले नियमित मौसमको सूचना आवश्यक   मौसम विभागले यति काम पनि किन गर्न सक्दैनरु अर्को प्रश्न पनि आउँछ  यति कामका लागि सरकारी मौसम विभागमा मात्रै भर पर्ने कि निजी निकायबाट पनि केही भूमिका हुन सक्ला ?

यसै सन्दर्भमा प्रख्यात म्यागासासे पुरस्कार बिजेता महावीर पुनले म्याग्दीको मोहरे डाडामा त्यस क्षेत्रमा हुने हवाइ उडानलाई सहयोग हुने गरेर मौसम अड्डा राखेको  त्यसले दिने मौसमजानकारी छिनछिनमा लिन सक्ने व्यवस्था मिलाएको बताएका छन्  सिनिएर क्याप्टेन बिजय लामाले उक्त मौसम अड्डाबाट आएको सूचना पहिले उपयोग गरेको  निकै सहयोगी भएको बताएकाछन् 


 
Posted on 05-01-16 5:52 PM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झारा तिर्न टासे झैँ गरौ नि ?

 
Posted on 05-01-16 9:19 PM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ali padhna milne gari copy paste garau na shivaji
 
Posted on 05-03-16 10:48 AM     [Snapshot: 317]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरक्षा किन चाहियो : हामि भेडा बाख्रा जस्ता छौ |
पहाडी बाटोमा चल्ने गाडीको युट्युब हेर्नु भएको छ ?

https://www.youtube.com/watch?v=kPwqIYsbJKg

गुल्लाड़े हरु लाइ मरिन्छ भन्ने डर छैन , सागुरो बाटो बात गाडि निकाल्ने बेलामा कोहि निक्लिन मानेका हैनन् :
अनि शिभ .......................... किन तिम्रो टाउको दुखाइ ? देश गुनाका जनता हामि ?
जाठा हरु खादा लगाएर फोटो खिची भनेर जात्रा गर्छन | जात्रा गर्नु पर्ने ठाउमा घाम तापेर बस्छन | भो टाउको नदुखाउ | 
You love pasting things and  out numbered every one. 
के हुदैछ हिन्दुस्तान मा तेता तिर मात्र ध्यान दिए पुग्छ |

Last edited: 03-May-16 01:16 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters