[Show all top banners]

K chha saathi
Replies to this thread:

More by K chha saathi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढीमा - कहिँ नभएको जात्रा हाँडी गाउँमा !!
[VIEWED 15080 TIMES]
SAVE! for ease of future access.
Posted on 03-30-12 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भारतको मद्रासमा कुनै समय एक नेपालीले करोडपतिको घरमा चौकीदारी गर्दो रहेछ। घरबेटी साहुलाई भेट्न एकचोटी अमेरिकाबाट यौटा ब्यापारी आएछ। एक हफ्ता साहुकोमा बस्दा त्यस ब्यापारी नेपालीको परिश्रम, लगन र इमान्दारिताले सारै अचम्ममा परेछ र खुसि पनि भएछ।

जाने बेलामा उसले नेपाली चौकीदारलाई यौटा जादुको करुवा दिएर गएछ र भनेछ- "तपाइले जे मागे पनि पुरा गर्छ यस करुवाले।" अमेरिकाने गएपछि नेपालीले करुवा मुसार्दै भनेछ "हे जादुको जिन, मलाई यौटा आलिसान घर दे।" जिनले करुवाबाट निस्केर "हस हजुर!" भन्दै उत्नीखेर नै आलिसान घर, तेस्मा पनि स्विमिंग पुल भाको तयार गरेर दिएछ। अचम्म !!

नेपालीले फेरी भनेछ - " हे जादुको जिन, मलाई यौटा BMW गाडी दे।" आँखा पनि झिमिक्क नगर्दै जिनले गाडी राखदेछ घरको पार्किंगमा। "अरु के सेवा गरौँ हजुर ?" जिनले सोधेछ। नेपालीले भनेछ- "मलाई यौटा राम्रो घडी पनि दे, ठिक समय दिने" जिनले घडी पनि बाँधी दिएछ हातमा उत्नीखेरै। "अरु के सेवा गरौँ हजुर ?" जिनले फेरी सोधेछ। नेपालीले धेरै बेर सोचेछ र भनेछ - " अब मसंग घर पनि भयो, गाडी पनि भयो, यौटा राम्रो घडी पनि भयो, भनेपछि अब मलाई यो घरमा बस्ने राम्रो साहु ल्याई दे, नत्र मैले कसको चौकीदारी गर्ने?"

जिन छक्क परेछ।

हो म पनि छक्क पर्छु, पुर्व राजाको ताम-झाम देखेर, सयौं सर्वसाधारणले गरेको जय जयकार देखेर। समयले हामीलाई स्वतन्त्र बनाई सक्यो। राजाको गुलामीबाट आजाद गराई सक्यो। फेरी पनि त्यो चौकीदारले पुरानो साहु खोजे जस्तै उही राजा खोज्दै हिडदै छौ। कस्तो बिडम्बना!! हो धेरै मान्छेले राजसंस्था मा विश्वास गर्छन, र गर्थे। ती सारा नेपालीलाई मा के भन्छु भने संस्थालाई मात्र विश्वास गरेर हुदैन, संस्था चलाउनेलाई पहिले विश्वास गर्नु जरुरि छ। पूर्व राजा ज्ञानेन्द्र, उनका छोरा पारस...के यिनीहरूको गुलामी गर्न पुगेन तपाईंलाई??

हाम्रो देश नेपाल गरिब छैन, हाम्रो मन गरिब छ, हामी नेपालीहरुको सोच गरिब छ।। - चितवन टुडे

यस कुरालाई धेरै नेपाली दाजु-भाई,दिदि-बहिनीहरु संग "Share" गरौँ।
http://www.facebook.com/chitwantoday
 
Posted on 03-31-12 11:38 PM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Cont…
जिन छक्क परेछ।
 तर के गरोस बिचरा आदेश आदेश नै हो मान्नई पर्यो,, अनि त उसले एउटा राम्रो मालिक को बेवास्था पनि गरिदियेछ, नेपाली खुसि भएछ अब सबै कुरा राम्रो हुन्छ भन्ने सोचेछ, तर नेपाली न हो तेस्को दुर्भाग्य राम्रो मालिक भनेको त  दया माया नभएका आतंकारी  हत्यारा हरु को नाइके पो रहेछ, बिदेसी को १. न. दलाल पनि रहिछ अनि त्यो घर लाई बेचेर आर्को ठुलो मालिक को मा बिलिन गराउने सोच पनि रहिछ,
अनि त बिचारा नेपाली सपना बाट बयूजेछ, पुरानो मालिक को याद मा धुरु धुरु रोयेछ, उसलाई न्याउरी मारी पछुतो पनि भएछ, यी डाँका आतकारी, दलाल हरु भन्दा त पुरानै सोझो मालिक नै ठिक थियो भन्ने निस्कर्समा उ पुगेछ, चोक्टा खाने रहर ले झोल मा डुबेको  उसको ठम्याइ पनि रहेछ,,, पचाताप को आगो ले उसलाई पोलेछ ,, अनि त उ पुरानो मालिक को जय जयकार गर्न निस्केछ ........

 
Posted on 04-01-12 7:48 AM     [Snapshot: 593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने हाम्रा नया नेताले यो दस बर्समा के के गरे के के दिए आदि इत्यादि,सबै गणना गर्दा धन्दुकारी भन्दा लाटो छोरै ठिक ठानी पूर्व राजा को हाइ गरे के को दोस त्यो जनतालाई ?

जनता भेडा हुन् , सबै राजनीति, रणनीति देखि पैसाकमाउ नीतिमा सबै लागेका छन् र लाग्नु पर्छ , तेसै कारण बाबु तपाइँ पनि बिदेस छिर्नु भयो, पढने भनि छिरे पनि गौड कारण पैसा, सुरक्षा , सुबिधा हुन् , कान जता बाट जसरि समाए पनि .
राजा पनि एउटा राजनीति गर्ने भाडो हो , अनि ति जनता ले राजनीति मा भाग लिए भनेर किन टाउको दुखाइ , बिदेस जादैमा बिदेसी आखा ले हेर्न खोजेको जस्तो हुँदैन ,

मूल मुद्दा (Botton line)  , राजनीति गर्ने अधिकार सबैलाई छ , यो पनि एउटा राजनीति हो , भोलि जनताले हामि राजा चाहिन्छ भनि बक्सा राखे अनि बहुमतले चाहे भने त्यो पनि हुन सक्छ , किन चाट्ठिएर कुरा गर्छौ    ???????


 
Posted on 04-01-12 6:54 PM     [Snapshot: 760]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very well reply alnebali .. current rulers are 10 times worst then prev ruler.. shri 5 gayera k bho ra shree 7 parchande aayo
 
Posted on 04-02-12 7:07 PM     [Snapshot: 1074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 
I don't think its wise to have a selection between two thieves. Thieves are thieves - no question about that. But question is "In which society you want to be? democratic society- freedom of speech or autocracy with freedom to chakari?"

 
Posted on 04-02-12 7:30 PM     [Snapshot: 1099]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I don't like the king either but it's his right as a general citizen to roam anywhere he wants. I thing media should simply ignore his activity.
 
Posted on 04-02-12 9:53 PM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters