[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 158847 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-03-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु तितौरी नानी, चाइन्जो बल्ल बल्ल नाक दुख्न ठिक भओ, अझ रातै छ भन्या!
ठुलि को ब्या मा तिमी रत्येउलि खेल्छौ कि दुलई लाई सिंगार्छौ नि? :)

माष्टरनी नानि मेरो नि नमस्कार छ हजुरलाई।

गोताएँको बेन्तो बक्स मजाको रैछ, तर गोताइनि भाउजुले बनाको दाल भात जस्तो मिठो त कहाँ पाएर होला!
 
Posted on 11-03-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, हामी पनि आरामै छौं।
दुईटा उहि साईजका (१२-१५ से मी ) मसिना सिन्का भए काम चल्छ मिस।
हजूरको नजिकमा जापानी भोजनालय कत्तिको छन्?
 
Posted on 11-03-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-04-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-04-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-04-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :-) :D :O :(
 
Posted on 11-04-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :-) ;) :D :O :P :(
 
Posted on 11-04-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

/ _/\_|_|_/\_
| () () |
| || |
|____~___ |

जदौ!
 
Posted on 11-04-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते जिम्बाल बा
कस्तो छ हजुरको गाथमा?

 
Posted on 11-04-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते यामे! _/\_
आरामै छ बन्नु परो यामे, तिमी क्यार्दै छौ नि?
हा हा हा माने घुमा'र बसिरा रैछ।
 
Posted on 11-04-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि अब माने घुमाउदै छु
के गर्ने?
 
Posted on 11-04-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!
के छ हालखबर तपाईहरूको?


कस्तो हुँदैछ सप्ताहन्त? ल रमाइलो गरम्

 
Posted on 11-04-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



यो परिक्षण मात्र हो testing...




 
Posted on 11-04-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू सबैलाई मेरो नमस्त!
 
Posted on 11-04-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हामी त निस्केम् कविता सुन्नलाई।

लुक्ष्मी-जयन्ती आज हो के हाम्रा गाममा त। लु जाम सबै जना सँगै।
 
Posted on 11-04-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पून्टे दाई, यो केराको थम्बा चाँहि कता राख्ने नि?" एउटा बडेमानको केराको सिङ्गै बोट बोकेर नमे पून्टे दाईको अगाडी उभियो।

पून्टे दाई निकै ब्यस्त हुनुहुन्थ्यो। भ्याई नभ्याई भइरहेको थियो उहाँलाई। "ल ल उ त्यहाँ राख अनि अरु चाँहि कस्ले ल्याउदैछन् नि?" पून्टे दाईले नमेलाई सोध्नुभयो।

"ग्वाँचे, यामे र नेप्चेले एउटा एउटा बोकेर ल्याउदैछन्" नमेले सम्झी सम्झी भन्यो।

"ल ठिक छ, चारवटा भयो भने यहाँलाई पुग्छ। अब प्रवेशद्वारमा राख्नलाई अरु दुईवटा पनि चाहियो नि, नेप्चेलाई र यामेलाई फेरि लिन पठाउनु एउटा एउटा" पून्टे दाईले अर्हाउनु भयो।

"हुन्छ! अनि हामी चाँहि के गर्ने नि?" नमेले फेरि पून्टे दाईलाई सोध्यो।

"तिमीहरु चाँहि अब यहाँ बसेर जग्गे बनाउने" पून्टे दाईले दुईवटा खन्ती नमेलाई थमाउदै भन्नु भयो।

उता अर्कोतिर जिम्माल बा कुर्सीमा बसेर खाना बनाउने मान्छेलाई कराँउदै हुनुहुन्थ्यो, "यसरीपनि रसबरी बन्छ त? दुधको लोभ नगर न। अलि मेहनत गर"

"हत्तेरी! कत्ति कराउन सकेको होला यो उमेराँ पनि? चूपलागेर तिनीहरुलाई बनाउन दिनु न। तपाईहरुको बेला जस्तो हो र यिनीहरुलाई भनिरहनुपर्ने? सिपालु कालिगडहरु छन्, आफै राम्रो बनाइहाल्छन् नि", छेउमा बसिरहनु भएका दादालाई जिम्माल बाको कुरो सुनेर वाक्क भैरहेको थियो।

"तिमी कुरो बुझ्दैनौ दादा, तिम्रा बिहेमा यसरी कराई कराई बनाउन लाएको थिएँ अनि हेर त गाउँलेहरुले कस्तो मिठो मानेर खाए। झन यो त चेलिबेटीको कुरो, गाउँको इज्जतको कुरो झनै मेहेनत गर्नुपर्छ", जिम्माल बा ले दादालाई झपार्नुभयो।

"खोइ होला त नि, अब मैले के भन्ने? जत्ति कराएपनि उहि हो क्यारे, तिनीहरुले सुनेजस्तो मान्दिन" आफ्नो कुरो राख्न दादापनि के कम नि।

त्यो घरमा निकै चहलपहल थियो। नहोसपनि कसरी। घरकी जेठी छोरीको बिहेको दिन थियो। बेहुली झैँ सिँगारिएको थियो त्यो घर। पून्टे दाईले घर सिँगार्ने जिम्मा आफुले लिनु भएको थियो। आफ्नो कुरा सुन्ने ठिटाहरुलाई साथमा लिएर पून्टे दाई निकै मेहेनत गरेर घर सिङार्नु भएको थियो।

जिम्माल बा लाई उहिले देखि खानाको जिम्मा लगाउँथे गाउँमा। जस्तो सुकै कार्यक्रम भएपनि खानाको डिपार्ट्मेन्ट जिम्माल बाको हुन्थ्यो। आँफु साकाहारी भएको हुनाले मासुको बारेमा उहाँ हेर्नुहुन्न थियो।

"ल यो मासु चाँहि ठिक्क ग्रेभी बनाउने अनि त्यो मासुलाई चाँहि खरो पारेर भुट्ने", मासुको डिपार्ट्मेन्ट साम्हालेर गोताएँ दाई बस्नु भएको थियो।

"ए गोताएँ अब पाहुनाहरुपनि आउने बेला हुनलाग्यो। त्यहाँको पाकिसकेको भए अब खाना बफेमा राख्नुपर्छ" जिम्माल बा ले परैबाट भन्नुभयो।

जिम्माल बालाई मासुको गन्धपनि मन नपर्ने हुनाले मासु पकाउने ठाउँ अलि पर बनाइएको थियो।

"हुन्छ हुन्छ! एक ट्रिप त तयार छ। अर्को ट्रिप पकाउँदैछन्। अनि जन्तीको लागि चाँहि तयार हुदैछ" गोताएँ दाईले यताबाट हरियो झन्डा देखाउनुभयो।


घर भित्र केटीहरुको भिड थियो। सबैजना आँफु सिङारिने अनि बेहुली सिङार्नेमा ब्यस्त देखिन्थे।

"अब बेहुलीलाई तल कोठामा लइजानुपर्छ, पाहुनाहरु आउन थालिसके" मिसले हत्तार हत्तार गर्दै सृङार कोठामा आएर भन्नुभयो।

"हुन्छ हुन्छ! बेहुली तयार छिन" तितौरीले भनिन।

रातो सारी, हिरा र सुनको गहना, अनुहारमा बिभिन्न मेकअप अनि नया किसिमको कपाल बाटेकी ठुल्नानीलाई बेहुलीको रूपमा सार्‍है राम्री देखिएको थियो।

बेहुलीलाई लिएर सान्नानी र तितौरी तल कोठामा गए। तितौरी र सान्नानीपनि सारीमा निकै राम्रा देखिन्थे।

पाहुनाहरुले ठुलीलाई उपहारहरु दिदैँ बधाई दिन थाले। आएका पाहुनाहरुलाई खाना खान लैजाने काममा नमे र नेप्चे खटिएका थिए। निकै भिड थियो ठुलीको बिहेमा। सबैले खूब बयान गरिरहेका थिए, ठुलीको रूपको।

"ओहो! इन्द्रेणी! लौ किन ढिलो गरेकी नि?" मिसले भर्खरै आउँदै गरेकी इन्द्रेणीलाई सोध्नुभयो।

"के गर्नु नि मास्टर्नी दिदी! बल्ल बल्ल आइपुगेँ। त्यो खबर गर्ने मान्छेले पनि हिजै मात्र भन्यो भोली ठुलीको बिहे भनेर, अनि आज गर्धुवा किनेर आउँदा आउँदै यो बेला भयो", इन्द्रेणीले मिसलाई भनिन्।

"ए! ठिकै छ नि, आइपुग्यौ त्यही राम्रो" मिसले इन्द्रेणीलाई सजिलो पार्नुभयो।

"हो त भन्या! मलाई त केहि थाहा छैन, साँच्चि अनि जन्ती चाँहि कहाँबाट आउने नि? मलाई त केहि भनेनन् ति खबरेले पनि" इन्द्रेणीलाई बुझ्ने इच्छा भयो।

"ए पर्ख न! अब जन्ती आउनेबेला भयो अनि आँफै थाहा पाउँछौ नि" मिसले उनलाई अरु केहि भन्नुभएन।

"ल ल! जन्ती आइपुगे!!" भन्दै केटाकेटीहरु बाहिर दौडिन थाले।

इन्द्रेणी र मिसपनि बाहिर निस्कनुभयो।

परबाट जन्ती आइरहेको थियो। घोडामा बसेको बेहुला अनि वरिपरी नाँच्दै आइरहेका जन्तीहरु निकै राम्रा देखिन्थे। त्यस्तो जन्ती हाम्रो गाउँमा कहिले आएको थिएन।

इन्द्रेणीले निकै निहालेर बेहुला हेर्न खोजिन्। तर मान्छेहरुको भिडमा ठम्याउन गार्हो परिरहेको थियो।

"ल यो सुख्खा अक्षता! जन्ती पर्सिनको लागी" टपरीमा अक्षता लिएर गालउ हिडिरहनुभएको थियो।

इन्द्रेणीले एकमुठी अक्षता लिइन अनि फेरि बेहुलातिर ध्यानले हेर्न थालिन्। अलि अलि नजिक आइरहेका जन्तीहरुमा उनले अलि अलि बेहुलाको अनुहार देख्न थालिन्। अनि मिसलाई च्याप्प समाउदै उत्साहित हुँदै भनिन्, "मास्टर्नी दिदी त्यो बेहुला त चित्रे होइन र?"

समाप्त :पि
 
Posted on 11-04-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को छन अइले चौतारिमा?
जो जो छन सपैलाई ठाडो नमस्कार!
 
Posted on 11-04-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्लेले फलाक्नु फलाकिसकेछ, म चाइँ को छ चौतारिआँ भनेर सोधिराको!

मलाई मासु मन नपर्ने रैछ :) हरिशरणम्
 
Posted on 11-04-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooooops !!!!
ढोग अरे जिम्माल बा !
:)
यो कुम्ले सुध्रिने भएन ।

बारीमा हरियो मकै काक्रो यै कुम्ले लै ठिक्क अंबा पाक्यो रुखमा यै कुम्लैलै ठिक्क काहिले काहि सेलरोठि पकाउना राखेको मिठाइ ( सखर) यै कुम्ले लै ठिक्क स्कूला तितौरीहुरले ल्याको खाजा मकै यै कुम्ले लै ठिक्क । कति चोर्न सकेको अहिले आ'र दुलहिकिन्देको हिराको औठि नै छैन।:( यै फागुना ( फाल्गुन) यस्को बे नगर्दिभेन जे देखेनि मेरि कुम्लेनि लै भनेर सुटुक्क लिन्छ.............लौ जा :D :P
 
Posted on 11-04-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले ढोग फर्काएँ। लु सौभाग्यशाली रहिरहनु अनन्त सम्म माष्टरनि नानी! :)

त्यहि त भनेओ यो फागुनमा कुम्लेलाई कुम्लो भिराउनु परो :)
यस्तो भन्दै हिनिराको रैछ गाममा :)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters