[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 बिधुतिय ब्यापार संजाल 'हाम्रोलिस्ट डटकम 'विधिवत शुभारम्भ
[VIEWED 3124 TIMES]
SAVE! for ease of future access.
Posted on 02-02-13 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                            बिधुतिय ब्यापार संजाल 'हाम्रोलिस्ट डटकम 'विधिवत शुभारम्भ

अमेरिका ,बाल्टिमोर .माघ २० ,२०६९ (तदनुसार फेब्रुअरी २,२०१३ )का दिन अमेरिकाको बाल्टिमोरमा अमेरिकामा अध्ययनरत बिद्यार्थीहरुको पहलमा बिधुतिय ब्यापार संजाल(ईकमर्स -'हाम्रोलिस्ट डटकम)को विधिवत रुपमा उद्घाटन गरियो l मुलत बिधुतिय ब्यापार कारोबारलाई व्यवस्थित ,सुरक्षित तथा झन्झटमुक्त बनाउने उदेश्यको साथ बाल्टिमोरबाट संचालनमा ल्याइएको जानकारी यसका प्रमुख सुरज भट्टराईले गराएका थिए भने यो एउटा ब्यबसाय भएको हुनाले १० जना युवाहरु मिलेर संचालन ल्याईएको हो भने  l अतिथिहरुलाई स्वागत तथा यसमा खरिद कर्ताहरुले नया तथा पुराना जिनिसहरु सम्म बिधुतिय माध्यमबाट किन्न सक्ने छन् भन्दै सबै १० जनाको परिचय निर्मल पाण्डेले गरेका थिए l प्रत्येक आइतबार बैठक बस्ने जानकारी दिनुका साथै विधिवत रुपमा संचालनमा आएको घोषणा गरेका थिए l

विश्व भर घर मै बसी बिधुतिय माध्यमबाट किनमेल गर्ने चलनको अत्यधिक वृद्धि भै रहेको र अझ माग बढी रहेको हुनाले नेपाली बिद्यार्थीहरुले यस्तो सोच १ बर्ष अगाडी देखि नै आएको जानकारी सुरज भट्टराईले दिए l बाल्टिमोर स्थित बाना ( बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )का अधक्ष्य विजय श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने यसको प्रगति र उन्नतिको कामना गर्नु  भएको थियो l वक्ताहरुमा समाजसेवी र बानाका पुर्व अधक्ष्य कृष् घिमिरेले खुशी व्यक्त गर्दै युवाहरुलाई शुभकामना दिनु भएको थियो l बाल्टिमोरका अर्का प्रसिद्ध समाजसेवी बिनोद उप्रेतीले यो ब्यबसाय मुनाफा गर्ने उदेश्यले गर्ने हुनाले यस तर्फ ध्यान दिनु पर्ने कुरा व्यक्त गर्दै कार्यक्रममै हौसला प्रदान गर्न $ १०१ (एक सय एक डलर ) आर्थिक सहयोग गर्नु भएको थियो l उक्त कार्यक्रममा डिसी नेपाली दूताबासको तर्फबाट महामहिम राजदूत डा शंकर प्रसाद शर्माको शुभकामना सुनाईएको थियो l म्यारिल्याण्ड र पेन्सिलभेनियाका लागि अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतको पनि संदेश सुनाईएको थियो l

यो बिधुतिय ब्यापार मध्येक एक साझेदारी सदस्य विकास भुसालले हाम्रो उदेश्य भनेको नेपाललाई पनि सहयोग गर्ने हो भन्दै अन्तरराष्ट्रिय सोच हो भन्नु भएको थियो भने अर्का साझेदारी सदस्य भिम कट्टेलले यो हाम्रो लागि चुनौती हो र नेपाली समुदायलाई उत्प्रेरणा गर्नु पर्ने विचार पोख्नु भयो l कूल आचार्यले कसरि समन्वय गर्न सकिन्छ त्यसमा ध्यान दिनु पर्ने र ग्राहकको संतुष्ठी नै हाम्रो लक्ष्य रहने छ भन्नु भयो l अर्का साझेदार सदस्य पास्कल पाण्डेले  ई -बे , एमाजोन तथा अन्य संग प्रतिस्प्रधा हुने हनाले सबैलाई सहयोगको लागि अनुरोध गर्नु भएको थियो l

उक्त कार्यक्रममा केहि प्रश्न उत्तरको पनि समय राखिएको हुनाले प्रश्न गर्नु हुनेहरुमा श्रीजन उपाध्याय ,प्रविन खड्का तथा प्रदिता थपलिया हुनु हुन्थ्यो l प्रारम्भिक चरणमा अमेरिका ,तत् पश्च्यात क्यानाडा ,यु के ,अस्ट्रेलिया र कालान्तरमा नेपालमा समेत सेवा विस्तार गरिने जानकारी आयोजकले जनाए l उक्त बिधुतिय संजालको मुख्य उदेश्य भरपर्दो व्यापार साधन उपलब्ध नेपाली बिक्रिकर्ता र स्थानीय ब्यापारीलाई अन्तरराष्टिय स्तरमा पुर्याउनु पनि रहेको जानकारी सुरज भट्टराईले गराए  l

नेपाली उत्पादनकर्ताहरुले स्वदेशमा निर्माण गरेका पस्मिना ,थान्का ,हस्कला ,चित्रकला ,पहाडे कागज आदि इत्यादी यसमा बिश्व ब्यापी रुपमा माग बढी रहेको हुनाले बिधुतिय ब्यापार संजाल(ईकमर्स -'हाम्रोलिस्ट डटकमले न्यून लगानी भएका ब्यापारीहरुलाई अवसर  प्रदान गर्ने  र प्रभाबकारी रुपमा बिश्व बजारमा खरिद कर्ताहरुको लागि सहज मार्ग बनाइ दिने लक्ष्य लिइएको जानकारी गराईएको थियो l

उक्त कार्यक्रममा स्थानीय ब्यापारीहरु ,बिद्यार्थी ,समाजसेवी ,बिभिन्न सघ तथा संस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने संचारकर्मीहरुमा ग्लोब नेपाललाई बिसेष धन्यबाद दिइएको थियो भने कार्यक्रममा ईनेपालिज़  डटकमका विश्व राज थापाको उपस्थिति रहेकोले प्रशंसा गर्दै धन्यबाद आयोजकले दिए l

                               

विजय थापा

भर्जिनिया ,अमेरिका


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
maga got what they voted for
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters