cybernepali
More by cybernepali
What people are reading
Subscribers
Please log in to subscribe to cybernepali's postings.
:: Subscribe
|
यसरी छिर्यो संविधानसभामा ‘सेक्स’
|
[VIEWED 4532
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 01-07-14 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपालका नेताहरु सेक्सप्रति उदार छन् । त्यसमा पनि मधेशी दल त सेक्सप्रति अली बढी नै उदार छन् ।

बिगत संविधानसभाका केही मेधशी सभासद यौन क्रिडा गर्दागर्दै रंगे हात प्रहरीको फन्दामा परेका थिए । यसपाली कतिपय मधेशी नेता आफनी प्रेमीका र पत्नीलाई पार्टीको उच्च तहसम्म पुर्याउन सफल भएका छन् ।
जब सेक्सको यत्रो लोकप्रियता छ, सबैलाई यो अती जरुरी छ भने किन यो मुद्दालाई संविधानसभामा प्रवेश नगराउने ? आखिर सेक्स परामर्श त चाहियो नी ।
यसकै ख्याल गरेर होला, फ्रायडबादी नेता बिपी कोइरालाका कुनै बेलाका चेला विजय गच्छदारले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का तर्फबाट यसपाली एक जना सेक्सोलोजिस्ट अर्थात यौन विषयका ज्ञाता डा. सुवोधकुमार पोखरेललाई समानुपातीक कोटाबाट सभासद बनाएका छन् ।
यसरी संविधानसभामा ‘सेक्स’ छिरेको छ ।
को हुन सुवोध ?
डा. सुवोधकुमार पोखरेल कुनैबेला नेपाल टेलिभिजनमा समाचार बाचक थिए । २०४० सालदेखी करीब सात-आठ वर्ष उनले टेलिभिजनमा समाचार बाचन गरे । उनको स्वर आकर्षक थियो । त्यसताका युवामाझ फेन्सीडलको कुलत उग्र थियो । सुवोध पनि कुसंगतकै कारण त्यस्तै कुलतमा लागे । पछि कुलतबाट निस्केपछि उनको ध्यान विस्तारै मानिसका यौन समस्याहरुमा केन्द्रित गर्न थाले । यसैबारे परामर्श दिदादिदै उनले पुतलीसडकमा क्लीनीक नै खोले । जसको नाम थियो, माता मनकामना सेक्सोलोजी क्लीनीक ।
सुवोधमाथि माता मनकामनाको कृपा वर्षीन थाल्यो । यौन रोगको अचुक उपचार सुरु गरे । हुँदा हुँदा कस्तोसम्म भयो भने डा. सुवोधलाई भेटेपछि जुनसुकै यौन रोग ठिक हुने (एचआइभी र हेपाटाइटीस बी बाहेक) अवस्था आयो । उनी प्रख्यात भए । पैसा पनि मनग्य कमाए । हुँदा हुँदा उनी मन्डिखाटारमा निर्मित धनवन्तरी आयुर्वेदीक अस्पतालकै मालिक बने ।
त्यसपछि पैसा भएर मात्र पुगेन उनलाई । राजनीतिको चस्का पनि पस्दै गयो । पछिल्लो जनआन्दोलनपछि मधेश विद्रोह सुरु भयो । त्यसैताक केही अतीवादीहरुले पहाडे र मधेशीवीच पर्खाल खडा गर्ने कोशीस पनि गरे । पहाड र मधेशवीच रहेको भौगोलिक क्षेत्र चुरे भावरका केही चलाख मानिसले पनि राजनीतिको बाली लगाउन थाले । केशव मैनालीले चुरे भावर पार्टी खोले । त्यो थाहा पाएपछि डा. सुवोधकुमार पोखरेल हान्निदै केशव मैनालीको मैतीदेवीस्थित निवासमा गएर भने, ‘अध्यक्षज्यू, यी मधेशीहरुलाई ठिक पार्नुपर्यो । यीनले भारतको इशारामा नेपाललाई खाने भए । अब हामी सबै एकजुट भएर मधेशीविरुद्ध लडनुपर्यो ।’
यसरी विचार पनि मिल्ने, आर्थिक सहयोग पनि हुने, अनी लोकप्रिय व्यक्तिको प्रस्तावलाई केशव मैनालीले सहर्ष स्वीकार गरे । डा. सुवोध चुरे भावरको केन्द्रीय सदस्य भए । पछि चुरे भावरकै पहलमा स्थापना भएको भन्ने भान जनतामा पर्नेगरी उनले सर्लाहीमा एउटा अस्पताल पनि स्थापना गरिदिए । त्यसपछि त डा. सुवोध पार्टीको महासचिव नै भए ।
त्यसपछि हरेक दिन मैतीदेवीस्थित केशव मैनालीको घरमा ‘अध्यक्षज्यू, मधेशीलाई ठिक पार्नुपर्यो’ भन्दै धाउन थाले, सुवोध । त्यसैक्रममा एक दिन उनले पार्टी अध्यक्ष सामु पार्टीमा मधेशविरुद्ध अलग्गै विभाग बनाएर अभियान थाल्नुपर्ने प्रस्ताव राखे । अध्यक्षले मन्जुरी दिएपछि डा. सुवोधले नै मधेशविरोधी विभागको नेतृत्व लिए । मधेशमा विद्रोह चर्किएको बेला डा. सुवोधकै नेतृत्वमा काठमाडौंको रत्नपार्कमा जुलुस निस्कियो । गणेशमान शान्तीबाटीकामा आयोजीत सभामा डा. सुवोधले ‘साला धोतीहरुले देश खाए, भारतीयहरुलाई नागरीकता दिएर नेपालीलाई अल्पमतमा पारे’ भन्दै चर्को भाषण गरे । उनले त्यो भाषणमा हरेक संवोधनमा मधेशीलाई ‘धोती’ भन्दै मधेशीका नाममा पहाडेलाई सिध्याउन खोजीएको, नेपाललाई फीजी बनाउने षडयन्त्र भएकोजस्ता धारणा राखेका थिए ।
अहिले फोरम लोकतान्त्रीकले मधेशी कोटाबाट डा. सुवोधलाई सभासद बनाएको देख्दा स्वयं मधेशी नेताहरु चकित छन् । ‘मधेशीको उग्र विरोधी नै मधेश कोटाबाट सभासद हुनुभनेको गच्छदारजीको दिवालीयापन हो’, फोरम लोकतान्त्रिकका एक नेता भन्छन् ।
पछि अध्यक्ष केशव मैनाली र महासचिव डा. सुवोधवीच पार्टीमा खटपट सुरु भयो । आर्थिक लेनदेनदेखी विभिन्न मुद्दामा खटपट सुरु भएको बताइन्छ । त्यसपछि ‘राजनीति आफनो विषय नभएको, बरु सेक्स विषयमै फाइदा भएको’ ठहर गर्दै उनी राजनीतिबाट केही समय निश्क्रीय भए । सेक्सकै उपचारमा लागे । डा. सुवोध चुरे भावरबाट निश्क्रीय भएपछि अध्यक्ष केशवले भूमी निरौलालाई महासचिव बनाए । भूमि निरौलाले पनि कालान्तरमा केशवलाई छाडे र अहिले चुरे भावर पार्टी लोकतान्त्रिक गठन गरेर आफै त्यसको अध्यक्ष बनेका छन् । (भूमि निरौलाले सशस्त्रका पुर्व आइजीपी सनतकुमार बस्नेतको करीव ३ करोड रुपैयाँ डुबाएका छन् । बस्नेतको पैसा जग्गामा लगाउन निरौलाले ‘आइजीपीको नाममा किन्दा अरुले थाहा पाउने भएकाले अर्कैको नाममा किन्नुपर्ने’ भन्दै उक्साए । अहिले जग्गामा लगाएको त्यो रकम निरौलाले घपला गरेपछि बस्नेतले पुर्पुरोमा हात राखेको बताइन्छ ।
राजनीतिबाट निश्क्रीय भएका डा. सुवोधलाई फोरम लोकतान्त्रिकका विजय गच्छदारले फेरी फकाएर राजनीतिमा ल्याए । यसपाली भने सुवोध सानोतिनो पदबाट मान्नेवाला थिएनन । सभासद नै दिने भएपछि उनले केही आर्थिक सहयोग पनि गरेको र सप्तरीमा एउटा अस्पताल पनि बनाइदिएको बुझिएको छ । कान्तिपुरलगायतका केही पत्रिमा फोरमले गैर मधेशीलाई सभासद बनाएको भनेर लेखे पनि ति पत्रिकाले थाहा नपाएको तथ्य के हो भने डा. सुवोधको पुख्र्यौली थलो सप्तरी हो । पुख्र्यौली थलो सप्तरी भएको बुझेरै उनलाई सभासद बनाउन गच्छदारलाई सजिलो भयो ।
अब संविधानसभामा डा. सुवोधको भूमिका के होला ? उनले जानेको भनेको विषय सेक्स हो । उनले आफन्तमाझ भन्न थालेका छन, ‘सेक्सलाई मानिसले सामान्य विषय ठान्ने गरेका छन् । सेक्सकै कारण विश्वमा युद्धहरु भए । सेक्सलाई संविधानकै विषय बनाउनुपर्छ ।’ सुरक्षित सेक्स, सुरक्षीत यौन कर्म, यौन कर्मलाई कानूनी मान्यता, समलींगी सेक्स, यौन चेतना फैलाउन राज्यको भूमिका, स्कुलतहदेखी नै यौन शिक्षा र यौन भ्रमको निवारणजस्ता विषयलाई राज्यले उचीत संबोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि नयाँ संविधानमै यौन च्याप्टर थप्नुपर्ने माग गर्न गइरहेका छन्, डा. सुबोध । यसरी संविधानसभामा छिरेको छ, सेक्स ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|