[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक
[VIEWED 2159 TIMES]
SAVE! for ease of future access.
Posted on 06-07-14 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार ट्वार गर्दछ l बिशेष जातीका भ्यागुताले अंग्रेजी महिनाको अप्रिल देखि अगस्त सम्म ट्वार ट्वार गर्दछन l ​ ​त्यस पछि ट्वार ट्वार पूर्ण बन्द हुन्छ र फुल पार्न बन्द हुन्छ l तर मानिसले फुल पार्ने अलिक खतरा हुन्छ र फुल पारे मात्र राम्रो तर फुलमा बुट्टा लगाई दिदा कुरा बिग्रन्छ l अमेरिकामा भूमिगत तथा अर्ध भूमिगत रुपमा रहदै आएका नेपाली समुदायले अनुमान गरेका बिनोद कुमार नेपाल फुल पार्न र बक्र रेखामा कुरा बनाउन खप्पिस मध्येका एक चतुर हुन l तर दुई चार महिना देखि सतह बाहिर निस्किएका र चरा चिरुंगीले जस्तै बस्ने गुढ कहिले कता कहिले कता भन्दै नेपाल र अमेरिकाका नेपाली समुदायलाई चक्मा दिएर कही उपस्थित नभई आफ्नै मन गढ़न्ते तथा अतिरंजितपूर्ण नकारात्मक समाचार सम्बन्धि कलम चलाउदै आएका बिनोद कुमार नेपालको ट्वार ट्वार अचेल फेरी केहि समयको लागि यदाकदा सुनिने गरेको छ l अमेरिकाबासि नेपाली समुदायलाई संदेश जबर्जस्त पठाउन सुरु गरेका छन् l

यी मानिस को हुन ? काठमाडौँ बौद्धका निवासी पक्का हुन् l यी सक्कली हुन् या नक्कली हुन् भन्ने अधिकांश नेपाली समुदायको चासोको बिषय भएको छ l उनले साचो लेखेका हुन् या कसैले उनको नामबाट फाईदा उठाई लेखेका हुन् यस्तै चर्चा र परिचर्चा हुन्छ अमेरिकामा उनको l पहिला पहिला सार्बजनिक रुपमा यदा कदा झुल्किएको र केहि मानिससंग पहिचान पनि छ भनि सुनिएको छ l ​उनि सार्बजनिक रुपमा कहिले झुल्किएका छैनन l अमेरिका छिरे देखि उनले यो हर्कत देखाउने गरि रहेका छन l उनले आफ्नो परिचय बिरालोले आफ्नो बिष्टा लुकाएको जस्तो बर्षौ सम्म लुकाएका थिए l हाल उनि गैर आवासीय नेपाली संघ अमेरिकाका लागि उम्मेद्वारी दिए पछि सार्बजनिक रुपमा उनले आफ्नो तस्बिर बाध्य भै उपलब्ध गराएका छन् l नत्र कुनै प्रमाण कही पनि छोडेका छैनन किनभने त्यसको कारण उनि नै जानुन तर अमेरिकाका नेपाली समुदाय भन्दछन उनले के लेख्दैनन भन्दा पनि के चाही बाकि राखेका छन् र कसलाई लेखेका छैनन l

त्यो पनि उनले सम्भवत भए आफ्नो तस्बिर निकाल्ने थिएनन् तर निकाल्नु पार्ने बाध्यतामा परेका हुन् किनभने उनको सबै भन्दा ठुलो शत्रु वर्तमान ए एन ए का नेतृत्व वर्ग हुन् l सत्ता बाहिर भएका असन्तुस्ट पुर्व पदाधिकारीसंग उनको साठगांठ सत प्रतिसत छ l कारण ए एन ए का वर्तमान पदाधिकारीहरुको कन्त बिजोक र निस्कासित भएको जोखाना हेरेर बसेका छन् l ए एन ए का वकिलले सूचना सार्बजनिक गरि रजर अधिकारीले वर्तमान समितिलाई अदालतको मानहानी भनि हालेको मुद्धालाई भन्दा सबैलाई बर्खास्त गरि पाउ भनि हालिएको मुद्धामा अदालतले वर्तमान ए एन ए का अन्तरिम अधक्ष्यलाई नै कायम गरे पछि बाघे झप्पु यिनलाई पनि लागेको छ l किनभने बिनोद कुमार नेपालले सबै महारथी हटाइने भनि खुशी हुदै पठाएको सूचना जारि गरे पनि सबै कार्यकारी समिति यथावत नै कायम भएकोले अर्को चड्कन लागेको छ l र उनि त्रिकाल दर्शी झैँ भबिष्यबाणी गरि जबर्जस्त सूचना पठाई उनको कुरा पत्याउन पार्ने गरि कलम घुमाउने क्रम जारि राखेका छन् l

कलम चलाउन खप्पिस तर अरु पनि उनि कलम चलाउन सिपालु छन् उनले यो हेक्का राखेका छैनन् l एकहोरो अमेरिकाका नेपालीले उनको बेमतलबको सूचना पढून ​या ​​नपढून​ ​​,खाए खा नभए घिच भनि बिधुतिय डाक पठाउछन l शब्द जालले सोझा नेपाली समुदायलाई आँखामा छारो हाल्ने कोसिस गर्दछन तर अमेरिका जस्तो मुलुकमा उनको ट्वार ट्वार सुन्ने फुर्सद कसलाई होला ? मानिसको कान पकाई सकेका छन् ? झुट माथि झुट र असत्य माथि असत्य प्रचार प्रसार गर्न माहिर उनले ए एन ए का अधिवक्ताले ३२ औ ए एन ए सम्मेलन कसैले अबैध्य या गैर कानुनी भन्छ ​र यदि प्रमाणित भएमा कानुनी दायरा भित्र ल्याउने छ भनि मे ५ तारिखमा बिश्व भर पुगेको समाचारलाई ए एन ए का नेतृत्वलाई सामुहिक मुद्धा चलाउने शिर्षकमा ३२ औ ए एन ए सम्मेलनलाई अबैध्य नभनी केवल अतितका २९ औ ,३० औ र ३१ औ सम्मेलन गैर कानुनी संचालन गरेका आयोजक भनि कुरालाई बंग्याई अमेरिकाका बुद्धिजीवि वर्गलाई झुक्याउने कोसिस गरेका छन् l

यिनैले २०११ को ए एन ए डिसी सम्मेलन विफल बनाउन अनेकौ कोसिस गरेको र हद भन्दा ज्यादा भै २९ औ सम्मेलन सुरु हुनु भन्दा अगाडी सम्मेलन नहुने भो भनि सूचना पठाई समाजलाई दुबिधा बनाई दिएका थिए l तर आयोजकहरुको ऐक्यबद्दताको कारण ऐतिहासिक सफलता मिलेको अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई स्मरण गराई रहनु नपर्ला l अनेक तिकडम र यिनको ब्रम्ह अस्त्र प्रहार गर्दा पनि केहि सिप नलागे पछि भूमिगत भएको सबैले अनुमान गरेका थिए कारण कुनै प्रतिक्रिया नदिई थन्किएका थिए l ​ उनले ए एन ए को २९ औ ,३० औ र ३१ औ गैर कानुनि रुपमा संचालन गरिएको दाबी गरेका छन् यदि अवैध्य हो भने सिद्ध गर्नु पर्छ l वेदले सिद्ध गर भन्छ यदि सिद्ध हुदैन भने त्यो असत्य हुन्छ l अमेरिकामा वाक स्वतन्त्रता छ र आफु खुशी जे गर्न पनि पाईन्छ l हिन्दि चलचित्रमा गोविन्दाले "मेरी मर्जी " अर्थात् नेपालीमा अनुबाद गर्दा 'मेरो खुशी'भन्ने गीतका शब्दहरु म आफ्नो बिवाहमा न जाउ ,मेरो खुशी ....म खुट्टाले तबला बजाउ ....मेरो खुशी ,म कुतुबमिनारमा घर बनाउ ....मेरो खुशी ......यो गीतमा मात्र सिमित हुन्छ l तर यो अमेरिकामा जे जे पायो त्यहि लेख्न सकिन्छ या सकिदैन उल्टी खोपडीले सोच्नु पर्ने हुन्छ l

नेपाली समुदायका शिक्षक ,समाजसेवी ,बिद्यार्थी ,संस्था ,पत्रकार ,बुद्धिजीवी ,वकिल ,साहित्यकार ,प्राध्यापक ,कुटनैतिक व्यक्तित्व ,उद्यमी ,ब्यबसायी ,कबि ,संसदका उम्मेदवार ,उपन्यासकार ,गीतकार ,गायक ,समालोचक आदि सबैलाई तथानाम तथा तल्लो स्तरको घटिया शब्द प्रयोग गरेका छन् l ए एन ए सम्मेलन बैधानिक हो या अबैधानिक भन्ने यिनी को हुन् ? यिनको के हैसियत छ ? ​ ​त्यो त सरकारको काम हो l उनले दाबी गरेको कुरा भ्रम र असत्य हो ,समुदायलाई आँखामा धुलो हाल्ने भ्रममुलक सूचना हो l ​३० औ ए एन ए सम्मेलनमा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपाली समुदायलाई दिएको शुभकामना संदेश ३० औ ए एन ए टेक्सास सम्मेलनमा समुद्घाटनमा पढेर सुनाईएको थियो त्यो निक्कै महत्वपूर्ण भएको छ अनि कसरि अबैधानिक ? अमेरिकाको गोप्य सूचना बिभागमा बिन लादेन कहाँ बसेको त थाहा पाउने अमेरिकाले यहि जन्मेको ए एन ए सम्मेलन अबैधानिक भन्ने थाहा न पाउला त ? नेपालको प्रतिनिधित्व गर्ने नेपालि दुताबास लगायत ४३ वटा संसारका संचार माध्यमहरुको अनवरत सहयोग र सागर उर्लिउएको सम्मेलनमा आफ्नो कोठामा एक्लै धुम धुम्ति बसी कल्पना गरि सम्मेलन अबैधानिक भनि सूचना प्रसार गर्नु दरिद्र मानसिकताको साथै हतोत्साहित मनोबृति हो l

पटक पटक सार्बजनिक रुपमा झुटो लेखेका छन् कि ए एन ए का वर्तमान अधक्ष्य स्वत घोषित भनि गम्भीर आरोप लगाएका छन् l उनि कही पनि आएका पनि छैनन र आउने आँट पनि गर्दैनन् किनभने उनि माथि सयौ सवाल जत्थाले सोध्ने छ र त्यहाँबाट उम्कने मौका पाउने छैनन l यदि वर्तमान अन्तरिम अधक्ष्य आफै घोषित गरेको हो भने ​,​वेदले भन्छ​,​ सिद्ध गर l आरोप लगाउनेले सिद्ध गर्नु पर्छ नत्र बकम्फुसे आरोप रद्धी टोकरीमा फ्याल l मार्च महिनामा ए एन ए को अन्तरिम अधक्ष्य शेर्पानै हुन् भनि अदालतले पुन तोकी दिएको छ l मार्च २८ तारिखमा ए एन ए का वर्तमान कार्यकारी समितिलाई सिध्याउने योजना विफल भएकोले यी बिनोद कुमार लगायत अन्यलाई पिडा वृद्धि भएको छ l हाली मुहाली गरौला र सत्ता कब्जा गरौला भन्ने कल्पना र योजना तुहिएको छ l ए एन ए ले कार्यकारी समितिले अप्रिल महिनामा नै निर्वाचन समिति गठन गरि सार्बजनिक गरि सकेको झन्डै १ महिना १० दिन पछि मे २२ तारिखमा मात्र अदालतले निर्वाचनको लागि ट्रस्टी को सिफारिस गरेको मिति हुदा हुदै बिनोद कुमार नेपालले यो झुटा समाचार भनि प्रचार गरेका छन् l ए एन ए ले एक महिना १० दिन अगाडी नै निर्वाचन समिति बनाई सकेको थियो यसमा पनि उनले भ्रामक समाचार प्रचार गरेका छन् l

दन्त्य कथाको सुगा रटाईले काम गर्दैन र यस्ता कुरा बारम्बार दोहोर्याउन बन्द गर्नु पर्छ l रजर अधिकारी २०११ मा कहिले उपाधक्ष्यमा निर्वाचित भए ? कहिले निर्वाचन भएको थियो ? आफै घोषणा गर्दा अदालतले वर्तमान अधक्ष्यलाई श्रीपेच लगाई सिहासनमा राखेको अमेरिका भरका नेपाली समुदायलाई घोकाई राख्नु पर्दैन l ​ ​आफै निर्वाचित भएको घोषणा गर्ने समूहलाई अब अमेरिकाका नेपाली समुदायले विश्वास गर्दैनन l पटक पटक उपाधक्ष्यमा निर्वाचित ​भन्ने थेगोले कानको जाली फुट्न मात्र बाकि छ ,वेदले भन्छ सिद्ध गर नत्र असत्य ? सन् २००९ को ए एन ए को निर्वाचनमा को पराजित भएको हो र यस बिषयमा खोज गर्नु पर्ने अपरिहार्य हुन्छ l सिद्ध गर ,अनि नेपाली समुदायले विश्वास गर्ने छन् l आफैले आफै घोषणा वर्तमान अधक्ष्यले गरेका हैनन ? ए एन ए २००९ /२०११ को कार्यकारी समिति ,ए एन ए को बार्षिक साधारण भेलामा सार्बजनिक रुपमा संचार माध्यमका अगाडी ए एन ए डिसी सम्मेलनमा बनाईएको अधक्ष्य शेर्पा हुन् l अदालतले सन् २०११ र पुन ​:​मार्च २८ ,२०१४ मा तिमि नै अन्तरिम अधक्ष्य हौ भनि छाप लगाई दिएका शेर्पा हुन l यो सत्य हो र वेदले भन्छ सिद्ध गर l यो सिद्ध छ ​,​तर तिमिले दाबी गरेका कुरा भ्रमात्मक हो र असत्य हो l

आफैले घोषणा त यो पंक्तिकारले पनि श्री ३ महाराज घोषणा गरेको थियो तर कसैले मानेनन् अनि त्यो हठ त्यागी दिए l आफैले आफै निर्वाचनमा बिजयी भनि घोषणा गर्दैमा हुन्छ ? अब देखि त्यस्तो गल्ति गरि माथि चढाउने र मुनि थेचार्ने बन्द गर l जे भन्दा पनि हुने हो भने जे जे पद माग्छन लेखि देउ ? नेपालमा पनि बिभिन्न सरकारहरु १० बर्षे जन युद्धकालमा घोषणा गरेका थिए ,भयो त ? अब ए एन ए को निर्वाचन आउदै छ र गोर्खालीले खुला मैदानमा उत्रनु पर्छ किनभने हामी सबैको साझा संस्था ए एन ए हो l कसैको निजि अड्डा (क्लब )हैन l कुन दुनियामा हामी छौ ?अमेरिकाका समुदायले केहि बुझ्दैन भन्ने किन सोच्दैनौ ? ३१ औ सम्मेलन कसरि गैर कानुनी ? ३१ औ ए एन ए न्यु योर्क सम्मेलनमा नेपालका लागि वर्तमान अमेरिकन राजदुत पिटर बोडे मुख्य अतिथि थिए l के अमेरिकालाई थाहा हुँदैन ए एन ए सम्मेलन गैर कानुनी थियो भन्ने ? यस्तो सस्तो प्रचार र प्रसार अन्त्य गर l ३१ औ ए एन ए सम्मेलनमा प्रधान मन्त्रि शुशिल कोइराला बिशेष अतिथि थिए l कांग्रेस जस्तो दललाई ए एन ए सम्मेलन अबैध्य छ भन्ने थाहा हुदैन ?

ए एन ए कसैको बपौति हैन र ३२ औ ए एन ए सम्मेलन संघारमा छ l निर्वाचन पछि जो कोहि पनि निर्वाचित हुन् सक्ने छन् हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छे आउनु पर्छ भनें सबैको मान्यता हुन्छ l ​आफुले ​भनेको सबै सहि ? अरुले भनेको सबै गलत ? ए एन ए को ३२ औ सम्मेलन सम्बन्धि कान्तिपुरमा समाचार प्रकाशित हुदा पनि कान्तिपुर जस्तो पत्रिकामा यस्तो गलत भ्रमपूर्ण समाचार प्रकाशित भनि कान्तिपुरमा लेखेको समुदायले पढेका छन् l कान्तिपुरमा ए एन ए को समाचार प्रकाशित पनि गलत ? नेपाल प्लसमा आफु न्यु ह्याम्प्सायेर बसेर नाम बिनोद कुमार टेनेसी भनि ए एन ए को बिरुद्धमा केहि लेखेको समाचार यस प्रति निगरानी राख्नेले देखेका छन् l संचार माध्यमलाई समेत चक्मा दिनेको कालो कर्तुत र पर्दाफास भै सकेकोले झुटको खेति गर्न र भ्रम सिर्जना गर्न बन्द गर l अन्त्यमा ,नेपाली चलचित्र छ एकान छ मा खलनायकको भूमिका निर्वाह गर्नेले पटक पटक 'पासा ड़ीमाक लगा पासा 'भन्ने सम्बाद नेपाली समुदायको मुखमा झुन्डिएको छ l यसले केहि संदेश छोडेको छ त्यो हो हरेक कुरा गर्दा दिमाक लगाउनु पर्ने रहेछ l हिरोसिमामा एटम बम बनाउन पनि दिमाक चाहने र अल्बर्ट आईन्सट़ाईनले प्रतिपादन गरेको सापेक्षता सिद्धांतमा पनि दिमाक चाहिने l ट्वार ट्वार बन्द गर ! पासा ड़ीमाक लगा पासा ! पासा ड़ीमाक लगा ! ​भ्यागुताको ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक l​


...................................................................................अस्तु

विजय
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters