[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  अमेरिकाबाट नेपाली राष्ट्रिय च्यानल सहित पहिलो नेपाली नेटवर्क शुरु
[VIEWED 7121 TIMES]
SAVE! for ease of future access.
Posted on 07-02-14 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्युयोर्क, अमेरिकामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली राष्ट्रिय च्यानलका साथमा नेपाली आइपि टिभी बक्स अमेरिकी बजारमा आएको छ । ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल नेटवर्कको नामबाट यो बक्स बजारमा ल्याएको हो । न्युयोर्कमा मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल आइपि टिभी बक्सको बारेमा जानकारी दिएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका उपप्रमुख सेवा लम्सालले आइपि टिभी बक्सको उद्घाटन गर्नुभएको थियो । ह्वाइट हिमाल नेटवर्क अमेरिकाको बजारमा बिभिन्न नेपाली राष्ट्रिय च्यानलहरु कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, ईमेज च्यानलका साथै हिन्दी र अन्तराष्ट्रिय च्यानलहरुका साथमा पहिलो नेपाली टेलिभिजन नेटवर्कको रुपमा नेपाली समुदायमा आएको हो । अमेरिकाका जुनसुकै राज्यमा पनि ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी बक्स सजिलैसँग उपलब्ध गराउने ब्यबस्था समेत गरिएको छ । यो नेटवर्कबाट च्यानल हेर्नका निम्ति कुनै केबल नचाहिने भएका कारण पनि यो साह्रै नै सजिलो माध्यम भएको थापाको भनाई छ । यसमा युट्युबबाट सिधै आफ्नो रोजाइको भिडियो हेर्न सकिन्छ भने यसबाट फेसबुक, ट्विटर जस्ता बिभिन्न सामाजिक संजालसँग सम्बन्धित वेभसाइटहरु पनि चलाउन सकिन्छ ।

यसका अतिरिक्त नेटफिल्क्स तथा अन्य बिभिन्न एप्लिकेशन पनि आइपिटीभी बक्समा उपलब्ध छन् र आवश्यकता अनुसार अन्य एप्लिकेशन पनि डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी एन्ड्रोइड एप्लिकेशनमा आधारित भएर डिजाइन गरिएका कारण एन्ड्रोइडले सपोर्ट गर्ने कुनै पनि एन्ड्रोइड एप्लिकेशन पनि सजिलैसँग डाउनलोड गर्न सकिन्छ । यसका अतिरिक्त नेपालबाट प्रशारणमा आइरहेका बिभिन्न रेडियो पनि ह्वाईट हिमाल नेटवर्कमार्फत सुन्न सकिने ब्यवस्था रहेको छ । ह्वाईट हिमाल नेटवर्कले अमेरिकामा रहेका दर्शकहरुमाझ पुग्नको लागि बिभिन्न राज्यहरुमा चेतना मुलक कार्यक्रमहरु गर्दै अगाडि बढ्ने योजना रहेको जनाइएको छ । सन् २०११ को नोभेम्बरबाट चौबिसै घण्टा प्रशारण शुरु गरेको ह्वाईट हिमाल टेलिभिजन विगतका दिनमा अन्य नेटवर्क मार्फत प्रशारण भइरहेको थियो । तर बढ्दो नेपाली समुदायको आवश्यकतालाइ ध्यानमा राखेर पहिलो पटक बैधानिक रुपमा नेपाली राष्ट्रिय च्यानलहरु सहित ह्वाइट हिमाल इन्टरटेन्टमेन्टले आफ्नै नेपाली नेटवर्क ह्वाइट हिमाल नेटवर्क शुरु गरेको हो ।

सन् २०११ मा न्युयोर्कमा रहनुभएका व्यवसायी शान खड्का अध्यक्ष रहेको ह्वाईट हिमाल ईन्टरटेन्ट्मेण्ट ईन्कले सन्चालन गरेको ह्वाईट हिमाल टेलिभिजनले विदेशमा बसेका नेपाली र मातृभुमी बिचको सम्बन्ध प्रगाढ बनाउंदै सूचना र मनोरन्जनका साथै अमेरिकामा नेपाली नेटवर्कको प्रवद्धन गर्ने उद्धेश्यका साथ नयां नेटवर्क सन्चालनमा ल्याएको हो । स्थापना कालदेखि नै ह्वाईट हिमाल टेलिभिजन आफैले पनि नेपालको सुचना र गतिबिधी अमेरिकामा प्रबाह गरिरहेको भएता पनि अमेरिकामा रहेका दर्शकहरुलाई थप सूचना र मनोरन्जन प्रवाह गर्नुका साथै अमेरिकामा नेपाली च्यानलको प्रबद्र्धन गर्नु पनि नेटवर्कको उद्धेश्य रहेको जनाइएको छ । नेटवर्कको बारेमा जानकारी दिने उद्धेश्यले मंगलबार न्युयोर्कमा गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा दैनिक रुपमा बढिरहेको नेपाली भाषिको संख्याका सामु नेपाली च्यानलको आफ्नै नेटवर्क हुँदा नेपालीहरु बिच एकता र सामुहिक आवाजको पनि यस नेटवर्कले प्रतिनिधित्व गर्ने उद्धेश्य लिएको संस्थाका अध्यक्ष शान खड्काले बताउनुभयो ।

नेपालबाट प्रशारण हुने राष्ट्रिय च्यानलहरु सहितको ह्वाईट हिमाल नेटवर्क मार्फत दर्शकहरुले ह्वाईट हिमाल टेलिभिजन, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन लगायतका बिभिन्न च्यानलहरु हेर्न पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ह्वाईट हिमाल नेटवर्कले नेपालका राष्ट्रिय च्यानलहरुलाई अमेरिकाबाट रोयल्टी तिरेर प्रशारण गर्न लागेको हुनाले नेपालका टेलिभिजनहरुलाई पनि केहि हदसम्म आर्थीक टेवा पुग्ने जनाइएको छ । यस अघि कतिपय नेटवर्कले नेपाली च्यानलहरुलाई अनाधिकृत रुपमा अमेरिकामा प्रशारण गरेको भएकोले अनाधिकृत प्रशारण रोक्दै आफुहरुले अधिकृत रुपमा नेपाली च्यानलहरु प्रशारण गर्न लागेको पनि ह्वाईट हिमाल नेटवर्केका प्रवन्ध निर्देशक सूर्य थापाले जानकारी दिएका छन् ।


 
Posted on 07-02-14 3:06 PM     [Snapshot: 112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is really nice concept

could you provide the link to buy iptv and which channels are included. ani how much it cost iptv and packages.......
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters