[Show all top banners]

taraniraula

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 sushil koirala corruption
[VIEWED 3228 TIMES]
SAVE! for ease of future access.
Posted on 08-31-14 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SUSHIL KOIRALA Vs Dilendra Badu 
वडू नै उत्रिए निर्णयको विरोधमा
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सभासद सिफारिसको विषयलाई लिएर असन्तुष्टि बढेको छ । असन्तुष्टि व्यक्त गर्नेमा प्रधानमन्त्री सुशील कोइराला पक्षीय नेताहरू छन् । 

उनीहरूले मन्त्रिपरिषद्ले मनोनयन गर्ने सभासदका बारेमा पार्टीको विधानतअनुरूप संसदीय समितिले सिफारिस गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन ।

पार्टी सभापति एवं प्रधानमन्त्री कोइराला र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एकलौटी रूपमा नाम सिफारिस गरेको उनीहरूको आरोप छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसको सिफारिसमा ९ जनालाई सभासदमा मनोनयन गरेको थियो । तीमध्ये रुक्मीणी कोइरालाको नाम पहिला कांग्रेसले बुझाएको समानुपातिकतर्फको नामावलीमा बन्द सूचीमा रहेको भन्दै हटाइएको थियो ।

सर्वोच्च अदालतले प्रत्यक्षमा चुनाव हारेका र समानुपातिकको बन्द सूचीमा परेकालाई २६ जनामा मनोनयन नगर्न सरकारका नाममा २९ बैशाखमा परमादेश जारी गरेको थियो । 

कोइरालाका निकट मानिने दिलेन्द्रप्रसाद बडू र दिपकुमार उपाध्यायले सभासद सिफारिसमा चर्को असन्तुष्टि जनाएका छन् । उनीहरूले सभापति बनेपछि संस्थागत निर्णयबाट पार्टीलाई अघि बढाउने प्रतिवद्धता कोइरालाले तोडेको आरोप लगाएका छन् ।

प्रवक्ता बडूले शुक्रबार साँझै नै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कांग्रेसबाट मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ जनाका लागि सिफारिस गरिएका नौ जना संस्थागत निर्णयबाट सिफारिस नगरिएको बताएका थिए ।

उनले मनोमानी ढंगबाट सिफारिस भएको भन्ने आरोप पनि लगाए । बडूले विहान प्रधानमन्त्री कोइरालालाई सरकारी निवास बालुवाटारमा भेटेर सभासद सिफारिसमा आफ्नो असन्तुष्टि रहेको भन्दै ध्यानाकर्षण गराएका छन् । 

कांग्रेस संसदीय समितिका सदस्य अर्जुन नरसिंह के.सी.ले मन्त्रिपरिषद्ले मनोनयन गर्ने सभासद सिफारिस गर्न संसदीय समिति बैठक बसेको आफूलाई जानकारी नभएको बताए ।

‘पार्टी विधानतः संसदीय समिति बैठकले सिफरिस गर्नुपर्ने हो तर हिजो मन्त्रिपरिषद्ले मनोनयन गर्नका लागि कांग्रेसले सिफारिस गरेका व्यक्तिहरू संसदीय समितिबाट सिफारिस भएका होइनन्’ के.सी.ले पुलेसोसँग भने ‘संसदीय समितिको सदस्य म पनि हो तर मलाई बैठक बसेको जानकारी छैन् ।’

कोइराला निकट स्रोत भने पदाधिकारी बैठकले नाम तय गरेको बताउँछ । 

बडू र उपाध्याय मात्र होइन संस्थापन पक्षमा अधिकांश केन्द्रीय सदस्य र सभासदहरू सिफारिसप्रति असन्तुष्ट छन् । बडू र उपाध्याय मनोनितमा परेर संविधानसभा छिर्न चाहन्थे । 

स्रोतका अनुसार २६ सभासद मनोनयनका विषयमा मापदण्ड बनाउन अर्को सत्तारुढ दल नेकपा एमालेको बैठकमा कांग्रेसका केही मन्त्रीहरूले प्रत्यक्षतर्फ चुनाव हारेका र समानुपातिकको बन्द सूचीमा परेकालाई २६ भित्र पार्न नहुने एमालेको प्रस्तावमा सहमति जनाएका थिए । त्यसमा एमालेका नेताहरू सहमत भएका थिए ।

अर्थ मन्त्री डा. रामशरण महत र सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले एमालेका नेताहरूको प्रस्तावमा सहमति जनाएको स्रोत बताउँछ । बडू र उपाध्याय संविधानसभामा आएमा कोइरालाले आफूहरूलाई पाखा लगाई उनीहरूलाई काखी च्याप्ने डरमा उनीहरूले हतार–हतार एमालेको प्रस्तावमा सहमति जनाएको बताइन्छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters