[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 दैबलाई नि नछोड्ने यो कस्तो दैबी प्रकोप ??
[VIEWED 5845 TIMES]
SAVE! for ease of future access.
Posted on 06-07-15 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

दैबलाई नि नछोड्ने यो कस्तो दैबी प्रकोप ??
------------------------------------------------
(प्रस्तुत लेख एक महिना अघि नै नागरिक्न्यूजमा पठाएको थिएँ , नागरिकले छाप्न योग्य ठानेंन क्या र , आज सम्म छापिएन)

विनाशकारी महा भूकम्पले खण्डहर बनाएको मेरो देश, सहर अनि टोल वस्तीबारे आज धेरै दिन पछी मात्र केही शब्द कोर्ने हिम्मत जुटाएको छु | देशको माटो बाटो कांपीरहंदा की-बोर्ड माथि हातका औम्ला पनि काँपिदो रहेछ | देश दुख्दा परदेशीको मन पनि त्यतिकै दुख्छ, त्यतिकै छटपटाहट हुन्छ| परदेशी नेपाली मनहरु अझ अनिदोमा आफन्त खोज्छ|

जिन्दगीको सारा हिस्सा र किस्सा काष्ठामंड़प वरिपरि बित्यो | हनुमान ढोका, वसन्तपुर, मरु , चिकं मुगल, भीमसेन स्थानका हरेक गल्ली बाटाहरुमा मेरा लाखौँ डोबहरू छन् , अहिले भग्नावशेषहरुमा थिचिएका छन् , पुरिएका छन् | त्यसैले पनि हजारौं माइल पर पनि दुखिरहेको छु |

सानो छंदा मरु डबलीमा बसेर दिन भरि गाडी गुडेको हिसाब छेउमा राखिएका मत्तितेलका ड्रमहरुमा धर्सा कोरेर जतनका साथ् राख्थ्यौं | हिसाबको पहिलो पाठशाला थियो त्यो | काष्ठमण्डप जसलाई मरु सत: ( सत्तल , पाटी ) भनिन्छ, जो एउटा बिशेत नामक रुख रुपी राक्षसको काठबाट बनेको बिशाल मन्दिरको कुनै नामो निशान रहेन | किंबदन्ती सुनेर उहिले जिब्रो टोक्थ्यों अहिले माटोको ढिस्कोमा बिशेतका अवशेषहरु खोजीरहेछु |

सानोमा आमाले मरमसला किन्न पठाउँदा केही क्षण भए नि त्यै सत्तलमा ह्वाग्रा खेलिराखेका दौतारीहरु संग भलाकुसारी गर्थ्येम| कहिले एकै छिन गाब: दोब: खेलेरै मात्र घर जान्थें ( ह्वाग्रा र गाब: दोब – गुच्चा खेल बिशेष ) | गोरखनाथको मुर्ति अघिल्तिर झुन्ड्याईएको घण्टा सकिनसकी उफ्री उफ्री बजाउँथेम| अकस्मात झरी पर्दा धेरैअन्जान बटुवाको लागि ओत लाग्ने छत थियो त्यो |

त्यो भन्दा नि काष्ठमण्डप, त्यै वरिपरि बस्ने ताम्राकार, बज्राचार्य, मानन्धर अनि किसानहरुको आदिम वस्ती भएको जीवन्त प्रमाण थियो | घ्यो चाकु सल्हूँ अर्थात माघे संक्रान्तिमा काष्ठमण्डपको बिशेष पूजागरी गजुरमा नयाँ ध्वाँये (ध्वजा) फहराउने चलनको निरन्तरता कसरी दिने अब ? पुजा गर्ने पुजारीलाई एक चुनांचा ( त्यतिबेलाको न्यूनतम मुद्रा इकाई, एक पैसाको १/४ खण्ड ) अनि ध्वजा फहराउने ज्यापु दाईलाई २० मुरी धान कसले दिन्छ अब ? मन्दिर रहेन, हाम्रो पुर्खाको धरोहर धरहरा संगै खण्डहर भएको छ |

काष्ठमण्डप छेवैको हजाम देग : ( सस्तो दरमा कपाल काट्ने नाइँहरु बस्ने मन्दिर ) पनि बाँकी रहेन | निम्न आय भएका मजदूर किसानहरूको सेवा गर्ने थलो पनि गयो | माजु देग:, दश अबतार देग लागायत धेरै विश्व सम्पदा सूचीमा रहेका मन्दिरहरु जग मात्र शेष रह्यो | यस्तो लाग्छ, मेरो वस्ती वरिपरी मान्छे भन्दा बढी देबी देवता पुरिए | दैबलाई नि न छोड्ने यस्तो दैबी प्रकोप ? पुरिएका मान्छेहरु धेरैलाई जिउंदै निकाले, केहीको लाश निस्कियो | मलाइ बचाउ, म पुरिएँ भन्न पनि नसक्ने वा भनेको भए नि यो प्रकोपको कोलाहलमा नसुनिएका देबी देवताहरु अझै “रेस्क्यु”को आशमा बसेका छन् |

म सम्झिन्छु, एक पल्ट २०३१ सालमा राजा बीरेन्द्रको राज्यभिषेकमा सजिएको हनुमान ढोका प्रांगण र मन्दिरहरु | चिटिक्क बेहुली झैँ शृंगारमा सजिसजाउ भएका ती मन्दिरहरुले साँच्चै नै देबभूमि जस्तो लाग्थ्यो | दोस्रो पल्ट २०४२ फागुण तिर बेलायतकी महारानी एलिजाबेथको भ्रमणमा काठमाडौ सहरको साँचो चढाई स्वागतको गरेको इतिहास बोकेको त्यो मरु सत: त्यसपछि हजारौं रकत्दान शिबिरको भरपर्दो आश्रयस्थल थियो |

दुर्भाग्यबस बैसाख १२ गते १२ बजे पनि रक्तदान शिबिर थियो | गर्लाम्यै ढलेको मन्दिरले अरुको जीवन जोगाउछु भनेर शुद्ध मनले रक्तदान गर्न आएका रक्तदाता एवं रक्त संकलन गर्न आएका निष्कलंक स्वयम् सेवीहरुले जीवनगुमाएको खबर अझ कहाली लाग्दोछ |

भाग्नाबशेष पन्छाइदै छ | पुरिएका चार बिनायक (गणेश) र गोरखनाथलाई सकुशल राखिएला | पुनर्निमार्णको पाइला चालिएला | फेरी जस्ताको तस्तै मन्दिर बनिएला | तर मा कहाँ खोज्न जाउँ बिशेत राक्षस? त्यसको शरीरको बडेमानको पुरानै काठको खम्बा ? इँटा इँटामा खोपिएका हजार स्मृतिहरू आउने बर्षाले बगाई सक्ने छ | कहाँ खोज्न जाउँ मेरो बाल्यकालको ती अमुल्य क्षणहरु ?

भाद्र महिनाको चतुर्दशीको दिन मनाइने पंचदान पर्ब ( बुबाको मुख हेर्ने दिनको दुइ दिन अगाडी, बौद्धमार्गीहरुले बौद्ध गुरुजु { बज्राचार्य र शाक्य समुदाय}लाई दान दक्षिणा दिने पबित्र दिन ) दिनमा त्यै मन्दिरको दक्षिण चोकमा लामा लामा चार वटा काठको चारकुने मण्डप बनाई, पूजा अर्चना गरी दिनभरी फू बारे नआउन्जेल ( अन्तिममा पाल्नु हुने शाक्य बज्राचार्य) आएका जति शाक्य बज्राच्रार्य गुरुजुहरुलाई दान दक्षिणा दिने परम्परा ताम्राकार समुदायले काष्ठमण्डप बने देखि नै चलाउँदै आएको प्रमाणिक इतिहास छ | सम्भवत त त्यही चारवटा काठको मण्डप नै काष्ठमण्डप हो र कालन्तरमा त्यो सत: नाम नै काष्ठमण्डप रहन गएको हो |

यसपालीको पन्चदानमा दान दिन भीमकाय खासी (भाँडो)मा चुलो कहाँ बाल्छ होला ? त्यो ६ सय बर्ष भन्दा पुरानो काठ अझै बाँकी छ वा खण्डहरमा मिसिए ? मन भित्र यस्ता धेरै प्रश्नहरु छन् | चिन्ता मेरो घर चर्किएको र भत्काउनु पर्ने अवस्थामा रहेको भन्दा नि मेरो अस्तित्वको छ , मेरो जीवनको हरेक हिस्सा संग गाँसिएको किस्साको छ |

हे दैब, दैबलाई नि न छोड्ने यो कस्तो दैबी प्रकोप ??


 
Posted on 06-08-15 9:19 AM     [Snapshot: 134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दैब भन्ने कुरा विश्वास गर्नु भनेको अन्धबिस्वास नै हो भनेर यसपालिको भुकम्पले साबित गरि दियो |
 
Posted on 06-08-15 9:41 AM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दैब प्रकोप नभएर प्राकृतिक प्रकोप हो भनेर अझै पनि नबुझ्नु हाम्रो दुर्भाग्य हो
 
Posted on 06-08-15 8:11 PM     [Snapshot: 376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko daibya? kahako?
 
Posted on 06-08-15 9:33 PM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lesson to be learned. Ahiley earthquake ,bholi flooding, parsi drought , nikoparsi arko yo sansar ma nature sanga kasailey pani jitna sakdaina. Maanchhe le garna sakne bhaneko pahilaa nai prepare hune ho. Saayad pahila nai preparation gareko bhaya yesto massive destruction hudaina thiyo hola. Daiba ta na risauchha na khusi hunchha. Yaha ma hindu bhanera daiva ko pooja garera kehi hune wala chhaina. Sabai le afno karma garne ho.Politician bhayera desh ko sewa garcchu bhanera corruption garne , garib jaanta lai marera afno matra herne ani hindu bhanne. Khoi hindu vayera geeta lai follow gareko. Bhagwan lai k ko dosh. Dosh sabai tyasto nepali ko ho jasle afno karma birse.
 
Posted on 06-08-15 9:38 PM     [Snapshot: 430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

stone ko puja ani sarpo ra musako puja garne pakhandi haru lai paap lageko
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters