[Show all top banners]

Surendra Shakya
Replies to this thread:

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  स्मृतिको पानामा जेठ ३
Keywords associated with this thread

Madan Bhandari political scandal
[VIEWED 5189 TIMES]
SAVE! for ease of future access.
Posted on 05-16-20 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज जेष्ठ ३ गते विशेष दिन रहेछ। यही दिन २७ वर्ष पहिले कमनिष्ट नेता द्वय मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो। त्यसबेला राजनीति सम्बन्धि धेरै चासो लिने गरेको थिएन मैले। मदन भण्डारीको बारेमा धेरै जानकारी पनि थिएन। उनी कमनिस्टका ठुलो नेता भन्ने सुनेको थिएँ। मदन भण्डारीको बारे मलाई पहिलो जानकारी गनको मृत्यु भन्दा ४, ५ वर्ष पहिले भएको थियो। अचानक २०५० सालको जेठ ३ गते भने मृत्युको समाचार सुन्नु पर्दा छक्क परेको थिएँ। मनमा त षडयनत्र नै हुन पर्छ भन्ने लागेको थियो।

जुन बेला मदन भण्डारीको बारे सुनेको थिएँ त्यसबेला म लिंकन स्कूल रवि भवनमा काम गर्थें। हरेक वर्ष जस्तै नोभेम्बर महीनाको तेस्रो सातामा “ऐक्सप्लोर नेपाल” भनेर एक हप्ताकोलागी त्यस अमेरिकी दुतावासद्वारा संचालित स्कूलका ५ कक्षा देखि माथि १२ कक्षा सम्मका पुरै विद्यार्थीहरु नेपालका विभिन्न स्थानहरुमा नेपाल बारे बुझ्ने प्रोजेक्ट लिएर पोखरा, चितवन, सोलुखुम्बु आदी विभिन्न स्थलमा जाने गर्थे। नेपालका विभिन्न कुराको अध्ययन गरेर विद्यार्थिहरुले बुझाउनु पर्थ्यो। त्यस वर्ष मेरो पहिलो साल थियो सं १९८८ र मलाई पनि पदयात्रामा बूढानीलकण्ठको स्कूले जीवन देखिनै अति नै रहर हुन्थ्यो। म पनि ८ कक्षाको टोलीको साथ रोयल पदमार्गको अनुभव लिन सम्मिलित भएर गएको थिएँ। त्यस पदयात्राको दौरान एक रात जुन गाउँमा बास बसेका थियौं राति खाना पकाईरहेको बेलामा गाउँका केही मानिसहरुले लुकि लुकी केही कुरा टेप रेकर्डमा सुनिरहेको थियो।

Attractive apparels (AD)

मैले पनि उत्सुक भएर के सुनेको होला भनेर अलिक नजिक गएर सुन्न थालें। मदन भण्डारीको भाषण हो भनेर उनीहरुले बताए। मैले सुनेको केही अंशमा मदन भण्डारीले टुंडिखेल तिर गरेको भाषण भने जस्तो लाग्यो। भाषणको बिचबिचमा तालीको गडगडाहट सुनिन्थ्यो। शायद त्यही भाषण होला मदन भण्डारीले राजालाई चुनौति दिँदै राजनीति गर्ने भए श्रीपेच खोलेर चुनाव लड्न आउन भनेका थिए। त्यस गाउँका मानिसहरुले त्यसरी भाषण सुनेको देखेर मानिसहरुले कतिको महत्व दिएको रहेछ भनेर हल्का भान भएको थियो। त्यसरी गाउँ गाउँमा लुकाएर टेप लगेर मानिसहरुले सुन्छन् भनेर सोच्ने बेला मेरो थिएन। मेरो लक्ष त लिङकन स्कूलमा अमेरिकी अध्ययनको स्तर के कसो हुन्छ र सक्ने भए आफू पनि अध्ययन गर्ने जाने भन्ने मात्र थियो।

काम गरेको पहिलो वर्षमा सुनेको मदन भण्डादीको नाम फेरि आश्चर्यपूर्ण संजोगले मेरो लिंकनको अन्तिम वर्षमा जोडिन आईपुग्यो। त्यस वर्ष मैले अमेरिका जाने निधो गरिसकेको थिएँ। आई-२० आईसके पछि म अमेरिकी दुतावासमा भिसाको अन्तर्वार्ता दिएर आएको थिएँ। म अमेरिका जाने भन्ने सुनेर मेरो स्कूलमै काम गर्ने मित्र निमा शेर्पाले पनि अमेरिका जाने निर्णय गरेर दुबै जनाले भिसाको निवेदन र अन्तर्चार्ता दिएका थियौं। हामी दुवै जना भिसा लिन भनेर पास पोर्ट लिन स्कूलबाट लंच खाजाको समयमा पानीपोखारी दुतावास जान उसले ल्याएको मोटरबाईकमा रबि भवन बाट निस्क्यौं। तर कालिमाटी तिर पुग्दा त बाटो पुरा जुलुस र प्रदर्शनको कारणले जाम भैरहेको थियो। त्रिपुरेश्वर तिर बाट जाने हाम्रो योजना थियो तर बाटिको अबरोधले गर्दा त्यस दिन भिसा लिन जान कठिनाई उत्पन्न भयो। जुलुस र प्रदर्शनीको कारण के रहेछ भनेर बुझ्दा त मदन भण्डारीको शवलाई दशरथ रंगशालामा राखिने र जनताले तिनलाई बिदाई सम्मानको लागी लाईन लागेर शव परिक्रमा गर्ने यस्तै केही कार्यक्रम पो रहेछ। त्यो दिन पनि मदन भणडारीको कथासंग मेरो कथा गाँसिएको थियो। मेरो मित्र निमा अतिनै चलाख भएको हुनाले र काठमान्डूको गलि गलिसित परिचित भएको हुनाले उसले त्यो दिन कता कता गल्लिबाट रानीपोखरी पुराई छोड्यो र हामीले भिसा पासपोर्ट लिन सकेका थियौं।

आज फेरी युट्युब भिडियो अन्तर्वार्तामा डा. सुरेन्द्र केसीले यहि सन्दर्भमा केही चाखलाग्दो कुरा बताउनु भयो। मदन भण्डारी र जीवराज आश्रितको काण्डबारे दइ थरी कुरा कमनिस्टहरुले गर्ने गरेको रहेछ। पार्टीलाई बुझाएको रिपोर्टमा चैं दुर्घटना नै हो भन्ने रहेछ तर बाहिर जनमानसमा चै षडयन्त्र गरेर हत्या गरेको भन्ने गरिछ भन्ने कुरा सुने। यो दोधारे चरित्रका नेताहरुले गरेको राजनीति कस्तो हुन्छ त्यो त अब पनि बुझेको छैन भने त्यो त मानिस नभने पनि हुन्छ।

(IMAGE)

त्यसबेला राजनीतिसंग दूर नै रहिन्थ्यो। मेरै ब्याचको मित्रले अस्कलमा विद्यार्थि हडतालको बिरोध गरेर केही बोलेको बेला त्यति बेला नै अखिलका ४, ५ जना ले घेरेर तिन माथि मुक्का र लातको बर्सात गरेको प्रतक्ष्यदर्शी भएको थिएँ। भर्खर आवासिय विद्यार्थिको सोझोपनाबाट वास्तबिक संसारमा पाऐला टेकेका थियौं। मेरो साथीमा केही राजनैतिक चेतना थियो तर आफ्नो मत राख्दा कमनिस्टेहरुको खिलाफ हडताल गर्नु हँदैण भनेर प्रतिकार गर्दा ज्यानमाथी नै हमला खप्नु परेको तितो सम्झना रहिरहेको छ। उनी मुका लातको बर्षातबाट बच्न भागेका थिए भरेङ्ग र रेलिङ् पर्खालबाट ज्यान जोगाएर भागेका थीए र कहिले फेरी त्यस कलेजमा देखिएन।

(IMAGE)

अहिले परिस्थिति नितान्त भिन्न छ। त्यसबेलाका कमनिस्टहरु अहिले सत्ताको मखमलमा लेटिरहेका छन्। सत्ता, शक्ति र आडम्बरको खेलमा चुर्लुम्मै डुबेका छन्। देश माथि दिन प्रतिदिन कुठाराघात भैराखेको छ। मदन भणडारीका पत्नि राष्ट्पतिको गद्दिमा आशिन हुँदा पनि त्यस दुर्घटना वा हत्या के हो भन्ने जनता सामू सत्य राख्न असमर्थ नै छ। समाचारमा नेकपाका अध्यक्ष द्वयले फेरी पनि रहस्यमय मृत्युको सत्यतथ्यको जानकारी गराउन निरन्तर लाग्ने बताएका छन् मानौ कि अहिले सम्म केही खोजबिन नै गरेको थिएन। यो २७ वर्ष नभएर २७ दिनको घटना हो की?

(IMAGE)

आफू पनि राजनीतिमा निकै चासो राख्ने भईयो। अमेरिकामा राजनीति शास्त्रमा नै स्नातकोतर गरियो। नेपालको लागी कम्निस्ट भौतिकबादी दर्शन अभिशाप मात्र हुन सक्छ भन्ने विश्लेषण गरेको छु। संसारमा कतै पनि यो दर्शन चल्न सक्दैन किनकी यो मानव प्रकृतिको बिपरित छ र गलत धारणमा टिकेको छ। यसको नतिजा सोभियत संग देखि सबै स्थानमा यो असफल नै भैसकेको छ। चाईनामा यति मात्र होकि माओले साम्राज्यवादहरुको बिरुद्धमा लागेर चीनको अस्तित्व र स्वतन्त्रता जोगाउन सक्यो। तर आर्थिक पक्षमा कमनिस्ट नीति पुरा का पुरै त्यागेको हुँदा प्रगति गरेको देखिन्छ तर त्यो टिकाउ हुने वाला छैन। जनताको आर्थिक स्तर बृद्धि हुँदै गए पछि र असमानता बढ्दै गए पछि यो पनि ढल्ने निश्चित छ। यो कलियुगसंग गाँसिएको स्वाभाविक प्रकृया हो त्यसैले झूठमा टिकेको छ। झूठ त एक दिन हार्नै पर्छ। कमनिस्ट पनि हार्छ र पूंजिवाद पनि हार्छ। यि दुइटै भोतिकतामा टिकेका सिक्काका दुई पाटा हुन्।

काल्पनिक आदर्श जति नै मोहक देखे पनि हकिकतको ऐनामा त्यसको मुहार मेकअप र फिल्टर बिनाको टिकटिक स्टार जस्तो मात्र हुन्छ। मदन भणडारीको भाषण पनि अशिक्षित जनताहरुको लागी आकर्षक त थिए होलान् तर गलत धारणा (assumption) टिकेको हुँदा बालुवामा बनाएको घर भन्दा भिन्न छँदै छैन।

अन्य बिचारपूर्ण लेखहरुको लागी हेर्नुहोस्ः https://strong-nepal.blogspot.com/

 
Posted on 05-16-20 8:00 PM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice writing, Surendra ji. Thank you.
 
Posted on 05-17-20 10:53 AM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank Bandhu ji for taking the time to read and comment.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters