[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्यारमा
[VIEWED 10788 TIMES]
SAVE! for ease of future access.
Posted on 02-13-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारमा

इमान हुनेको सधैं सुन हीराको हार हुँदैन प्यारमा
बेइमान नगरे कसैको कहिल्यै हार हुँदैन प्यारमा

तोडेर तोडिने काँचो धागो होइन चोखो माया
जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा

तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने
अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा।


हृदयको आकृती अनि आबृती दुबैको एकै हुने हुन्छ
अनन्त जीवन यात्रा भरिको साथ भार हुँदैन प्यारमा

 
Posted on 02-13-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma ne Pravu Ma ne
Wah Wah Wah
 
Posted on 02-13-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहो ! राहुलभाई ले त बडो गज्जबको कविता लेख्नु भयो त हऊ ।तर खै आफूलाई त प्यारको अनुभव नै भा छैन हौ, यो तीन बिसीको जीवनीमा। तेसैले मेरो अनुभव बिनाको अनुभव राहुलभाईमा समर्पित :

रातो छ कि सेतो छ
या गुलाबी, पहेंलो छ !
कस्तो छ त्यो प्रेम ?
सुनिन्छ अनौठो अनन्त छ !!

गर्छन रे एक युगल जोडी
प्रेम एक आपसमा
दिन्छन् रे एक आर्कालाई
प्रेम नै प्रेम-पासमा !!

न स्वार्थ नै हुन्छ यसमा
न त दम्भ नै अरे !
अनुभव नै भएन साथी
यस्को नमिल्दा जोडी हरे !
 
Posted on 02-14-07 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न रातो छ यो,
न त सेतो नै छ!
प्यारको अनन्त सागरमा
एक थेगो नै छ,
हार्नेलाई काँडासरी
जित्नेलाई मखमली फूल
अन्त्यमा भन्छन रे सबै
प्रेम एक मिठो भूल !

अस्तु:
 
Posted on 02-14-07 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Aurika tira Nidaunu pardaina!
Jai Nepal
 
Posted on 02-14-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ ट ट जी, लाम काने जी, हाइ भोल्टेज जी, अनि ज्वाँइ साप जी

प्रेम दिवस को प्रेम् कबिता संग्रह मा यहाँ हरु को अमुल्य सहभागिताको लागि आभारि छुं। सबै चोखो प्रेम अजर् अमर् होस्, बिछोड्को पीडा मा खोहि पनि जल्न न परुन्, यहि कामना छ, अस्तु!
 
Posted on 02-14-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa rahulvai, what a feeling.
 
Posted on 02-14-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्!! राहुलभाई जी, क्या गजबको गयो

"तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने
अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा।"

वास्तबमा,यो सन्सारमा माया, प्रेम, भन्दा अरु ठुलो चीज नै छैन। मायामा नै यो सन्सार अडेको छ। माया बिना यो सन्सारमा केहि पनि छैन। माया देउ, अनि माया लेउ यति नै छ यो सन्सारमा। सन्सारमा सबै चीज पैसाले किन्न पाउन्छ तर मायालाइ किन्न, माया नै चाहिन्छ। "माया" भन्ने शब्द अ मर अनि अजर छ।त्यस्मा निच्छल्ता अनि निष्पाप् हुन्छ।
 
Posted on 02-14-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै मन पर्यो राहुल दाइ।
जावस जावस अरु पनि।
 
Posted on 02-14-07 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, नेपामी जी अनि नेपाल की छोरी जी, धन्यवाद मन पराइ दिनु भएको मा ।
प्रणय दिवसक्ओ सन्दर्भमा २-४ शब्दको संयोजन मात्र गरेको हुं, कुनै सार्थक रचना बन्ला भनेर सोचेको थिएन । जे होस्, यो दिवसले चोखो माया गर्ने हरु को सधैं जय होस् । यही कामना छ, प्रेम म जलेर जिन्दगी कसैको खरानी नहोस्, यही छ सदभावना ।
 
Posted on 02-14-07 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनीको हातको पित्तलको अङुथिलाई
सुन मान्दा रहेछन यहा प्यारमा,
गरीबको हातको त्यही चिजलाई
दोशिको खून मान्दा रहेछन यहाँ प्यारमा ।
बिश्वाशको आशा गर्दा-गर्दै, अनाहकमै
साङ्लो र घून बन्दा रहेछन यहा प्यारमा,
किरण सम्झी हत्केलाले छोप्न खोजे पनि
शितल बिहिन रातको जून बन्दा रहेछन प्यारमा ।
 
Posted on 02-15-07 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इतिहास जित्नीको मात्रै लेखिन्छ भुन्थे राहुलभाइले हो रेछ.तर म हार्नीको लेखुम है त.

涙の数だけ強くなれる
明日は来るよ君の為に

मया पिरिममा ३ कान्ला मुन्ट्याइएका साथीहुर प्रति समर्पित.
 
Posted on 02-15-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोडेर तोडिने काँचो धागो होइन चोखो माया
जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा

सँधै झै राम्रो छ।
 
Posted on 02-15-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा जी, धन्यवाद ।

मिलन र सुखमा मात्र प्रेम कहाँ हुन्छ?
बिछोडको बेदनामा झन् प्रगाढ प्रेम हुन्छ।
कसले पनि हारेको हुंदैन चोखो प्रेममा
हार त निस्ठुरिको कपटे "गेम " को हुन्छ।

नानु जी धन्यबाद्, प्रोत्साहन का अमुल्य प्रेमशब्द को लागि।
 
Posted on 02-15-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाईको यता धमाका गैसकेको रहेछ नदेखिराको!
गजब छ! :)
 
Posted on 02-15-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलो भईएछ राहुल दाइको यस्तो राम्रो रचना पढ्न। साह्रै राम्रो वयान गर्नु भयो प्यारको!
 
Posted on 02-15-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, अनि गौतम जी, यहाँहरु जस्तो दिग्गज कलामाजीबिहरु को टिप्पणी ले प्रेरणामा अझ catalyst को काम गर्छ नै । धन्यवाद । देर आए, दुरस्त आए भन्छन्, त्यसैले ढिलो हुने कुरै छैन ।
अस्तु!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters