[Show all top banners]

kya_naam_disturb
Replies to this thread:

More by kya_naam_disturb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

emerald911
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जात र धर्मका आधारमा संघीय शासन ??
[VIEWED 2606 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अिाँधी target=_blank>http://www.kantipuronline.com/kolnepalinews.php?&nid=112450

अिाँधी
आउँदैछ, कमरेड !

लोकतन्त्रका नाउँमा, नयाँ नेपाल निर्माण गर्ने निहुँमा, राज्य पुनसर्ंरचना गर्ने मनोग्रन्थीका आडमा जसले जे गर्न पनि हुन्छ भने विश्वले विकास गरेका सारा अन्वेषण, उन्नति, प्रगति, सोच, ज्ञान र खोज ध्वंस गरौं । विज्ञानका पाठ्यपुस्तक किन चाहियो ? ठाउँ-ठाउँमा कुरान, मुन्धुम, बाइबल, मनुस्मृतिका स्लोक र संस्कृति रटाउने पाठशाला र पाकशाला खोलौं । हाम्रा बाजेसँगै हाम्री बजै सती गएकी थिइन्, हामी त्यही बाटो लागौं ।

संसारमा अहिलेसम्म विज्ञानले यस्तो प्रयोगशाला विकास गरेको पाइँदैन जसले मान्छेको धर्म, जात, थर छुट्याओस् । बाहुनको जिब्रो र पेट बेग्लै हुँदैन, राउटेको पनि त्यस्तै हुन्छ । मान्छे धनी-गरिब होला, कालो-सेतो होला, गिदी-रगत र उसको जनेन्द्रीय उस्तै हुन्छन् । आकृति उही, बनोट उही, रगत उही । त्यसैगरी विज्ञानका पाठ्यपुस्तकमा कोही जन्मजात बाहुन हुँदैन, नेवार हुँदैन, दमै-कामी-सार्की हुँदैन । भूगोल फरक होला, मान्छे त्यही हो । अवसर पाए जो-कोही माथि पुग्छ । हामीलाई बाहुन हुन शास्त्रले सिकाएका छन् । गुरुङ हुन हाम्रा शासकले अह्राएका छन् । हामीलाई नेवार हुन हाम्रा संस्कारले खटाएका छन् । हामी सबै रोजेर दलित भएका होइनौं । यसको अर्थ रातको प्रहर निद्रा बिथोल्न बाहुनले शंख फुक्यो भने छिमेकको क्षेत्रीले बन्दुक पड्काउनु कहाँसम्म उचित हो ? बाहुनले छिमेकीको निद्रा बिथोल्न शंख फुक्न मिल्छ भने मैले ढ्याङ्ग्रो ठोक्न किन मिल्दैन, म यो प्रहर नरसिंहा फुक्छु, मादल ठोक्छु, अहिले भैरव नाच निकाल्छु भन्ने हो भने यो मुलुकको लोकतन्त्र कहाँ पुग्ला ? देश कहाँ पुग्ला ? हामी भोलि कहाँ जाने ? लोकतन्त्रका नाममा अस्टे्रलियामा होटल खरिद गर्ने नेताका छोराछोरी उतै बस्लान्, हामी भोलि कहाँ बस्ने ? अझ अचम्म कहाँ छ भने आफूलाई विज्ञानका आडमा उभ्याउने कम्युनिस्ट भनाउँदाले जातीय सवाल उठाइदिएका छन्, धार्मिक र प्रत्युत्पादक हिसाबले संघीय सवाल उठाइदिएका छन् । जात र धर्मका आधारमा यो एक्काइसौं शताब्दीमा संघ निर्माण कहीँ पनि हुँदैन । मधेसमा आगो सल्केको छ । कसले सल्कायो ? पहाड क्रमशः रित्तिँदैछ, भोलि कोमाथि शासन गर्ने हो ? बरु मधेस, पहाड, हिमाल, जहाँतहीँ हामी मुलुकलाई प्रतिगमनतिर धकेल्ने थरीथरीका नरहरिनाथ जन्माइरहेछौं । उनीहरू २ हजार २५ सय वर्षपहिलेका राजा-महाराजाका गाथा वर्णन गर्छन्, जातीय महिमा गाउँछन् । मान्छेलाई एउटा सिँगो मान्छे भएर होइन, जात र धर्ममा गर्व गर्न सिकाउँछन् । मुलुकमा नेतृत्व सवल भएन, नेतृत्वमा मुलुक हाँक्ने भिजन, योजना र उन्नत सोच भएन भने पण्डित दीनबन्धु र कमलनयनका हातमा लोकतन्त्रको साँचो पुग्नेछ । र, उनीहरूले विज्ञानको खिल्ली उडाउनेछन् । मुलुकभरि जातीय हिंसा, धार्मिक र क्षेत्रीय बिखण्डन बढ्दै गएर यो मुलुकमा लुकेर बसेका हुतु र तुत्शीहरूले थपडी बजाउँछन् । कहीँ नभएको जात्रा हाडीगाउँमा भनेझैं संसारमा कही नभएको जातीय र धार्मिक संरचनालाई राज्यको पुनसर्ंरचनासँग जोडेर विकसित विज्ञानलाई चुनौती दिने संस्कार ब्राह्मणवादी पुरानो मनोग्रन्थीबाहेक अरू के हो ?

जातीय संरचनाका आधारमा निश्चित जातिलाई सत्तामा पुर्‍याउँदा सरकार सुदृढ बन्थ्यो भने राणाहरू काटाकाट गर्दैनथे, राजा वीरेन्द्रको वंश विनाश हुँदैनथ्यो । दलित मन्त्री हँुदैमा दलित उत्थान हुँदैन । दलित उत्थान भिजनले गर्छ । गैरदलितै किन नहोस् उसको मिसनले गर्छ । गैरदलितले झुन्ड्याइदिएको थर थाप्लोमा चढाएर मन्त्री पड्काउने र हलो अड्काएर गोरु चुट्ने भिजन तथा मिसन नभएका यस्ता मन्त्री पञ्चायतकालमा पनि हुन्थे । आरक्षण र संरक्षणको कालो खोलभित्र आफ्ना नामका पछिल्तिर दलित थर झुन्ड्याउने होड चलाएर राज्यले तमाम दलितलाई मगन्ते बनाइदिएको छ । एउटा जहानिया शासन ढालेर अर्को जहानिया शासन पुनस्र्थापित गर्नु राज्यको पुनर्संरचनाभित्र पर्छ कमरेड ? तमुवान, लिम्बुवान, आदिवासी, जनजाति, चुरे-भावर-मधेस, तराई-पहाडका नारा उछालेर हामी आफैंप्रति कसरी न्याय गर्न सक्छौं ? नेपाली भएकामा गर्व गर्नु, ज्यूँदो मान्छे भएर बाँच्नु परोस् भनेर गर्व गर्नु, असल मान्छे भएकामा गर्व गर्नु अर्को कुरा हो, तर बाहुनले न्वारान गरिदिएकाले चोखिएँ, महाराजले लिम्बू बनाइदिएकाले धन्य भएँ भन्नु कुन शताब्दीको संस्कार हो ? रहरले दमाईं को हुन चाहन्छ ? रोजेर गुरुङ को भएको छ ? चाहेर हुम्ला र मुगुमा को जन्मन्छ ?

यही बाध्यतालाई संस्कृति र धर्मको आवरण दिएर हिजोका राजा-महाराजाले राजनीति गर्थे र ब्राह्मणले गुजारा चलाउँथे ।

ती दिन गए । अब मधेस र पहाडको कुरा होइन, चन्द्रमा र मंगलमा बसाइ सर्ने दिनले ठाउँ लिएका छन् । 'वसुधैव कुटुम्बकम्' जस्तो विशाल हृदयले ठाउँ नपुग्ने भयो । अमेरिकी आफूले नपुगेर दुनियाँदेखि मान्छे आफ्नो मुलुकमा ओसार्दैछन् । हामी यो संसारभन्दा लाखौं गुना साना छौं । टोलैपिच्छे अब कविला र त्यसमा सरदार राख्ने ? त्यतिमात्र होइन, हाम्रो सोच सानो छ, विचार साँघुरो छ, संस्कार लाजलाग्दो छ, हामी बुद्धु भएकैले वीर बनेका हौं । असल मान्छे हुनुमा पो गर्व गर्नु । ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र हुनुमा के गर्व गर्नु ? मधिसे, पहाडे बनेर के युद्ध गर्नु, आफूमा सदीयौं छाएको अज्ञानता, संकीर्णता र अपसंस्कृतिका विरुद्ध पो युद्ध गर्नु । मान्छेलाई विखण्डन गर्ने संस्कृति के संस्कृति ! संस्कृतिका आडमा परिस्थिति सिर्जना गर्ने होइन । अनुचित संस्कृति ध्वंस गर्ने परिस्थिति सिर्जना नभए मुलुक खरानी हुनेछ । अतः कथित धर्म, जात र थर जनाउने यो देशको नागरिकताको के अर्थ छ ? कमसेकम भावी पिँढीले यो दासताबाट कति वर्षपछि कहिले मुक्ति पाउने हुन् ? यसो गर्न तपाइँहरूले निर्माण गरेको अन्तरिम संविधानले अनुमति दिन्छ दिँदैन ? कमरेड, समुद्रमा आँधी बाजा बजाएर आउँदैन । शान्ति, सद्भाव, सहिष्णुता र समन्वय बिथोलेर यो भयावह आँधी निम्त्याउनुमा तपाइँहरूको हिस्सा कति छ कृपया इमान्दारीपूर्वक संसद्मा छलफल चलाइदिनु हुन कमरेड प्रचण्डलाई म निवेदन गर्छु ।

- सरुविन्द उर्फ गोविन्द भण्डारी,

क्षेत्रीय निर्देशक,

पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय, पोखरा
 
Posted on 06-12-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रबहादुर सार्कीलाई छुवाछूत मुक्त राष्ट्रको उपहार
अर्जुन थपलिया

नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको जेठ २१ गते एक वर्ष पुग्छ । तर इन्द्रबहादुर सार्कीको पीडा हेर्दा यो घोषणाको कुनै हैसियत छैन । जेठ १५ गते मैले पहिलोपटक दैलेख टेकेँ । १६ गते साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय अगाडि १५-२० जनाको भीड देखियो । त्यहाँ दुई बहिनीहरूले बोलाएर भने, हेर्नुस् यहाँको अवस्था । मैले घटना बुझ्ने प्रयास गरेँ ।
हुलको बीचमा स्ट्रेचरमाथि सुताइएको घाइतेलाई देखाउँदै उनका आफन्तले भने- 'हजुर भात छोइयो भनेर भीरबाट हुत्याइदिए ।' विस्तारमा कुरो बुझ्दै जाँदा जेठ १४ गते साँझ ८ बजे नारायण नगरपालिका वडा नं ६ भुर्ती गाउँका २३ वषर्ीय इन्द्रबहादुर सार्की आफ्ना १३ वषर्ीय भाइसँग धानको बीउमा पानी लाउन खेत जाँदैरहेछन् । धानकै बीउमा पानी लगाएर फर्किएका जनक न्यौपाने, हरि न्यौपाने र प्रदीप न्यौपानेसँग उनीहरूको जम्काभेट भयो । न्यौपाने दाजुभाइले भात खेतमै बसेर खाने भनेर लगेका रहेछन् । पानी नभएको कारण भात फर्काएर ल्याउँदै रहेछन् । तलतिरबाट उक्लेका सार्की दाजुभाइ मास्तिरबाट आएका न्यौपाने दाजुभाइसँग बाटोमा छोइएछन् । जनक न्यौपानेले भात किन छोइस् डुम भनेर गाली गर्दै इन्द्रबहादुर सार्कीलाई मुक्का हानेछन् र भीरबाट हुत्याइदिएछन् । झन्डै ५० मिटर तल पुगेका इन्द्रलाई आधा घन्टापछि गाउँलेले उद्धार गरेका रहेछन् । इन्द्रको जीउमा लागेको घाउ हेर्ने हो भने उनी संयोगले मात्र जीवित रहेको सहजै अनुमान लाउन सकिन्थ्यो ।

भोलिपल्ट बिहानै सार्की समुदाय घाइते बोकेर जिल्ला प्रहरी कार्यालयमा उजुर गर्न आएका रहेछन् । घाउ जाँच गराइपाउँ भनेर निवेदन दिएछन् । त्यसपछि अस्पतालमा बिरामीलाई उपचार गर्न भर्ना गराएछन् । अस्पतालमा सामान्य उपचार गरेर घर लैजाउ भनी १६ गते ४ बजे पठाइएछ । जबकि घाइतेको स्थिति र घाउ हेर्दा हप्तौंसम्म अस्पतालमा बस्नुपर्ने देखिन्थ्यो । घाइतेका आफन्तले भने, हजुर भीरबाट हुत्याउने मान्छे एमाले नेता हो । एमाले पार्टीको पावरले गर्दा प्रहरीले दोषीलाई कारबाही गरेन । एमालेको अफिसमा पनि गयौं, वास्ता गरेनन् । भीरबाट हुत्याउने एमाले निकट अनेरास्ववियु दैलेख जिल्ला कमिटी उपाध्यक्ष रहेछन् ।

मैले पीडितहरू अगाडि दुई-चार शब्द बोलेँ, एमाले नेता ईश्वर पोखरेल पनि दैलेख आउनुभएको छ, उहाँलाई घाइते देखाउनुपथ्र्योर् नि, निसाफ पाइन्थ्यो कि । घटना हेर्दा साह्रै अन्याय भएजस्तो लाग्यो मलाई । मागेर दलितले निसाफ भेट्दैन । घाइतेलाई यो अवस्थामा घर लानुभन्दा जिल्ला प्रहरी कार्यालय अगाडि हामी सबै बसेर धर्ना दिऊँ ।

मेरा कुराले दलितहरू उत्साहित भए । झन्डै एक घन्टा अत्यन्त शान्तिपूर्ण तरिकाले धर्ना बस्ने कार्य भयो । मैले काठमाडौंमा गणेश विकेलाई फोन गरेर घटनामा एमाले कार्यकर्ताको संलग्नता रहेको बताएँ । कान्तिपुर समाचारदाता काठमाडौं गएको थाहा पाएर उहीँ गुणराज लुइँटेललाई फोन गरेँ । पीडितको फोटो इमेल गर्छु, समाचार छापिदिनुपर्‍यो भनेर आग्रह गरेँ । उहाँको सम्मति पाएपछि म इमेल गर्न साइवर गएँ । अचानक विद्युत आपूर्ति बन्द भएकोले फोटो पनि पठाउन सकिएन । हामी तीनजना ईश्वरी नेपाल, कृष्ण चन्द र म होटलतिर फर्किरहेका थियौं ।

जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएको भीडले हामीलाई घेरा हाल्यो । भीडमा प्रहरी पनि थिए । एक प्रहरीले मलाई समातेर डीएसपीसाबले बोलाउनु भा'छ हिँड्नुस् भन्ो । म जिल्ला प्रहरी कार्यालयभित्र पसेँ । बाहिरबाट एउटा हुल पिट्, मार्, हान् भन्दै मसँगै भित्र पस्यो । भित्र गएर बेञ्चमा बस्नेबित्तिकै डीएसपी मोहनराज जोशीले सोधे, तपाईं को हो र के काम गर्नुहुन्छ ? मैले आफ्नो परिचय दिएँ । गैरसरकारी संस्थाहरूमा काम गर्ने गरेको र लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनमा सरिक रहेको बताएँ । मेरो कुरा सकिन नपाउँदै डीएसपी जंगिए । अपमानजनक किसिमले अपशब्द निकाल्दै तैंले तुरुन्त जिल्ला छोड्नुपर्छ भन्नथाले । कुर्सीबाट जुरुक्क उठेर मुड्की उज्ज्याए ममाथि । मैले कडा प्रतिवाद गरेँ । मानवीय हिसाबले व्यवहार गर्न डीएसपीलाई आग्रह गरेपछि उनी केही शान्त भए । त्यसपछि मसँगै भित्र पसेको हुलले विवाद थाल्यो । हाम्रो पार्टी र हाम्रो नेता ईश्वर पोखरेलको नाम किन लिइस् तैंले भन्नथाले । एमालेको हुल पिटुँला र मारुँलाझैं गरी खनिएपछि डीएसपी फेरि जंगिए । डीएसपी भन्दै थिए, यो प्रतिगमनकारी राजावादी मान्छे हुनुपर्छ वा फोरमको पो भन्नथाले ।

२३ गते यहाँ विश्व हिन्दू महासंघले हिंसा भड्काउनेगरी पुराण लगाउन पर्चा छरेको छ -पर्चा पढेर सुनाउँदै) यो त्यही कामको लागि तयारी गर्न आएको हो । दैलेखका गैससहरूलाई पार्टीविरुद्ध उतार्न यो आएको हो । डीएसपी आरोप लगाउँदै जाने र एमालेगण हो-हो भन्दै समर्थन गर्दै जाने । मैले जुन-जुन फोनबाट काठमाडौं फोन गरेको थिएँ, त्ाी-ती पसले आएर यसो भन्यो, यस्तो बोल्यो भनेर बेलिविस्तार लगाउन थाले ।

मैले सकभर प्रतिवाद गर्न खोजेँ । म प्रतिगमनकारी र दरबारिया होइन । म लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनमा सक्रिय मान्छे हुँ । शान्तिपूर्ण तरिकाले धर्ना दिने र स्वस्थ किसिमले विरोध गर्न पाइन्छ लोकतन्त्रमा । एमाले गणलाई भनेँ, तपाईंहरूको विरोधमा बोल्दा यस्तो गर्नुहुन्छ भने वाईसीएलको कामको ब्यथ्र्यै विरोध गर्नुहुन्छ तपाईंहरू । उस्तै काम गर्न खोज्नुभएको हो ? स्थिति अत्यन्तै विष्फोटक बनिसकेको रहेछ । मेरो कुनै कुराले कसैलाई कुनै असर नगर्ने देखियो । प्रहरी कार्यालयभित्रै आइलाग्ने स्थिति पो भयो । डीएसपीले भने, तपाईं तुरुन्तै दैलेख छोड्नुस् । हामी सुरक्षा गर्न सक्दैनौं । मैले पिटाइ खानबाट जोगिने अरू कुनै उपाय तत्काल देखिन । म र मेरा साथीहरूले तत्काल बच्नका लागि भन्यौं, हामी पनि एमालेकै कार्यकर्ता हौं । पार्टी र नेताविरुद्ध केही गल्ती बोलिएछ भने क्षमा गर्नुहोला भन्दै माफी माग्यौं । एमाले गणले धम्की दिए, पत्रिकामा घटना छापिए भोलि ठीक हुने छैन ।

यति भनेर एमालेगण प्रहरी कार्यालयबाट निस्किए ।

बाहिर निस्किनासाथ मसँगै घुमिरहेका स्थानीय व्यक्ति कृष्ण चन्दलाई एमाले गणका केही भद्रहरूले प्रहरीकै अगाडि कुटपिट गरे । प्रहरीले कृष्ण चन्दलाई हिरासतमा लियो ।

रातको ११ बजिसकेको थियो । डीएसपीले यहाँ बस्ने ठाउँ छैन, होटलमा नै जानुस् भनेर चोर बाटोबाट निस्कन भने । उनले सुरक्षाका लागि भोलि बिहान ५ बजे नै जिप्रकामा आइपुग्न भने । हामी चोर बाटोबाट होटलतिर लाग्यौं । भोलिपल्ट ५ बजे म पुनः जिप्रका प्रवेश गरेँ । ७ बजे डीएसपीसंग भेट भयो । उनले भने, तपाईंको कारण जिल्लाको सुरक्षास्थिति बिगि्रयो । आज ६ पार्टी मिलेर ४ वटा गैससमा आगो झोस्ने योजना बनाएका छन् । तपाईंलाई यहाँबाट बचाएर निकाल्न नसकिने भयो । कसरी बच्नुहुन्छ, आफैं बच्नुस् ।

मित्र लीला टमाटा र किशोर होटलका साहू ध्रुव श्रेष्ठको प्रयासमा एमाले नेताहरूसँग बिहान ८ बजे वार्ता भयो । एमाले पार्टी र नेताको नाम लिएकोमा क्षमा माग्ने र पत्रिकामा घटना नछापिने सर्तमा मैले तालिम चलाउन पाउने भएँ । मैले नेताहरूको आदेश मानेँ । म उहिले एमाले भए पनि ०४८ सालपछि एमाले नरहेको पनि बताएँ । राति भीडबाट बच्न झूट बोलेकोमा क्षमा मागेँ । एमाले जिल्ला उपसचिव लक्ष्मी पोखरेल निकै शालीन हुनहुँदोरहेछ । उहाँले भन्नुभयो, तपाईंकी बहिनी सम्झनाले मलाई फोन गर्नुभएको थियो । उहाँले सोभियत संघ विघटन हुनाको कारण जातीय द्वन्द्व बताउँदै दैलेखको घटनालाई जातीय रूपमा नहेरी वर्गीय रूपमा हेर्न गैससहरूलाई आग्रह गर्नुभयो । अहिले पार्टी र सरकारलाई अप्ठ्यारो पर्ने कुनै काम नगर्न पनि सम्झाउनुभयो । डर र त्रासमा २ दिन दैलेख बसेर तालिम चलाइयो । १९ गते सुर्खेत झरियो । अन्त्यमा एमाले जिल्ला कमिटीका दलित सदस्य गोपाल नेपालीले भन्नुभयो, दुवै पक्ष हाम्रो पार्टीका हुन् । हामी आफैं मिलाउँछौं ।

म जतिबेला प्रतिगमनविरुद्ध सडकमा आन्दोलनकारीहरूसँग थिएँ, डीएसपीसाब आन्दोलनकारीहरूमाथि लाठी बर्साउने काममा हुनुहुन्थ्यो होला । अहिले नं १ लोकतान्त्रिक गणतन्त्रवादी हुनुभएछ । बधाई छ, तपाईंलाई । तपाईंले आरोप लगाएर मेरो छवि बिगि्रँदैन । तर तपाईंले पीडित इन्द्रबहादुर सार्कीलाई भात छोएकोले भीरबाट हुत्याउने जनक न्यौपानेलाई थुनामा राखेर कारबाही चलाउनुभएन । बरु अलिअलि औषधी खर्च देऊ र मिलाऊ है भाइ भन्दै जिप्रकाबाट ससम्मान घर पठाउनुभयो । यो मेरै अगाडि भएको घटना हो । त्यसकारण म भन्छु, तपाईं दलित विरोधी र ब्राह्मणवादी डीएसपी हो । एमालेका नेता गणसँग मेरो आग्रह छ, मलाई जति अपमान र बेइज्जती गरे पनि कुनै गुनासो छैन । विधिको शासनमा विश्वास गर्ने, दण्डहीनताको विरोध गर्ने कर्तव्य र दलितप्रति निष्ठाको कारण म यति भन्न बाध्य छु, इन्द्रबहादुर सार्कीलाई भात छोएकै कारण एमाले निकट अनेरास्ववियु दैलेखका उपाध्यक्ष जनक न्यौपानेले भीरबाट हुत्याएकै हुन् । यस घटनामा जनक दोषी हुन् । उनीमाथि राज्यले कुटपिट र छुवाछूतको अपराधमा मुद्दा चलाउनुपर्छ र त्यसका लागि एमालेले पीडितलाई सहयोग गर्नुपर्छ । पार्टीबाट पनि उनलाई निष्कासन गरेर महासचिव माधव नेपालको दलितवादी घोषणाको इज्जत राख्नुपर्छ । यो घटनालाई टालटुल गरेर पार्टीमा नै मिलाउन खोजे एमालेले छुवाछूतलाई संरक्षण गरेको ठहर्छ ।

एमाले जिल्ला कमिटीका दलित सदस्य गोपाल नेपाली, घटना मिलाउनु भनेको न्याय गर्नु होइन । हेर्नुहोस्, इन्द्रबहादुरको ज्यानमाथिको चोट । उनी अहिलेसम्म पनि उचित उपचार नपाएर घाइते छन् । के यो छुवाछूत मुक्त राष्ट्रमा दलितले पाउने उपहार हो ?

Posted on: 2007-06-04 20:57:50
http://www.kantipuronline.com/kolnews.php?&nid=111658
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters