[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संयोग

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE: <<  1 2  
[VIEWED 21818 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-06-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ल हेर, कति राम्रो बानी!" कोहि मेरो छेउमा नै बोलेको जस्तो लाग्यो। मैले टाउको उठाएर हेरें। एक्जना ५० बर्स जतिको भलादमी मलाइ नैँ हेरि रहनु भएकोथ्यो।


"हजुरले म सङ कुरा गर्नु भाको?" बिस्वास नलागेर सोधें।


"हो त! आजकालका युबापिढीहरु खाली हिन्दि फिलिमका पत्रिका पढ्ने अनि कान टटाउने सङीत बाहेक अरु केहि सुन्दैनन्। नानी चाहिँ राजनितिक समाचारमा पनि रुचि राख्नु हुँदो रहेछ। मेरो घरमा त समाचार भन्नासाथ तिन बित्ता पर उफ्रिन्छन् केटाकेटिहरु।" अझै प्रशंशा थपियो।


"हजुर मलाइ देशको राजनितिक अबस्थाबारे चासो लाग्छ।" धेरै बोल्न उपयुक्त नठानेर मैले "साप्ताहिक बिमर्श" भित्र लुकाएर राखेको cosmopolitan लाइ फेरि राम्ररी ढाँके। उक्त भलादमिले चाल पाउलान भन्ने डर लाग्यो। cosmopolitan को बाहिरी आबरणमा एउटी आकर्शक केटीको बिकिनिमा खिचिएको निकै तातो फोटो थियो। तेहि भएर किताब पसलमा आउने मानिसहरुले देख्ला भनेर मैले बाहिर नेपाली पत्रिका राखेर पढिरहेकीथें। किन्नलाइ सारै महङो पर्थ्यो, अनि बुबासङ पैसा माग्दा जहिले पनि गाली खानु पर्थ्यो। अरु केहि पत्रिका त म नियमित किनेर पढ्थें। म  how to become ............ भन्ने शिर्षक बढो चाखले पढीरहेकिथें।


"नानी एम् बि क्षेत्रि कि कान्छि छोरी हो? तपाइलाइ मैले कहाँ देख्या देख्या जस्तो लाग्यो?" अर्को प्रस्न सोध्न थाले उनले।


"होइन हजुर" अलिकति हाँस्दै मैले जवाफ फर्काए। येसो एक्चोटि उहाँको अनुहार हेर्दा मलाइ पनि कता कता देख्या जस्तै लाग्यो। बिशेसगरि उहाँको आँखि भौं र थुतुनो हल्लिएको हेर्दा कहिं जम्काभेट भै सकेको हो भन्ने लाग्यो। बुबाको साथीहरुमध्ये त अबश्य पनि होइन। मैले धेरै सम्झिने कोशिश गरिन। कस्तो interesting लेख पढिरहेको बेलामा।


"गिरिजाले देश डुबाउने भयो।" उनि एक्लै फत्फताउन थाले र पत्रिका हेर्न थाले क्यारे। मैले टाउको मात्र हल्लाएर "हो त" भने।


"नानी उसोभए नारायण बहादुरको भतिजी हुनु पर्छ। मैले उसकै घरमा देख्या जस्तो लाग्यो नानीलाइ। अँ, उनि त्रिभुवन बिस्वबिध्यालयमा english literature मा स्नाकोतर गर्दैछिन् क्यारे। नाम चाहिँ बिर्से मैले।"


"मेरो त भर्खर् ११ सक्यो हजुर। म त कुन बिषय लिएर पढ्ने भनेर सोच्दैछु।" सोधेपछि भन्नै पर्‍यो। अब कुनचाहिको भान्जी भन्ने हुन् भनेर पीर लागिरहेकोथ्यो। हुन त मैले उनलाइ पहिले पक्कै देखेको हो। मैले पनि कहाँ भनेर चाँही ठम्याउन सकिन। 


"WOW" मैले सुश्मिताको सेक्सी शरिर हेर्दै भनें। म पनि work out र diet गर्छु भोलि देखि, मन मनमा सोचें।


"के रैछ त नयाँ समाचार आजको बिमर्शमा नानी?" उनि उत्सुक हुँदै सोध्न थाले। शायाद उनि कान्तिपुर हेर्दैथे।


"उहि त हो नि, गिरिजाको कुरा।" हत्तनपत्त कुरा बनाँए मैले।


"गिरिजा इन्डियाबाट फर्के र?"


" खोइ फर्के त होला नि...?" मेरो मुखबाट अन्दाजमा कुरा फुस्केछ। त्यसपछि उनि बोलेनन्। खै के सोचे? मैले पनि किन हतारमा बोल्नु पर्‍या नि? मलाइ आफै संकोच लाग्यो। बुबाको अफिस जाने बेला भैसक्या होला अब यो पत्रिका लिएर घर हिंड्नु पर्‍यो भनेर एकचोटि मेरो राम्रो बानीको प्रशंशा गर्ने भलाद्मीलाइ जाने बेला अर्को राम्रो बानी देखाउन मन लाग्यो र नमस्ते गर्छु भनेर हेरेको त! आम्मै, के देख्न परेको त्यो? उहाँले त कालो मोटो चस्मा लाएर "कन्तिपुर" पढिरहनु भएकोथ्यो। उहाँको चस्मा देखेपछि मलाइ याद आयो। लौ बर्बाद भयो! उहाँसङ मेरो अस्ति बसमा बस्ने सिटको लागी झगडा परेकोथ्यो। कस्तो संयोग यो? म पत्रिका सत्रिका फालेर त्यहाँबाट भाँगे। बसमा झगडा परेको मान्छे पनि कहाँ देख्या, कहाँ चिन्या जस्तो हुँदो रैछ बाइ!

Last edited: 06-Mar-08 12:48 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-06-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'तिमीलाइ सन्चै छ कलेजो?'

 CL sis ,

तिमीलाई सञ्चै छ कलेजो या तिम्रो   कलेजो सञ्चै छ---   कलेजो संचो नभए त बर्वाद भाईहाल्यो नि

 अँssss  मलाई त   थाहै पो नहोला माइक्रोबस    ।म चै फखेटा लाएर हिड्डुल गर्थे  नि त ---क्रेजी सिस सोझी त  मलाई पनि  लाग्यो के तर हसियाँ जस्तो 

 (म भागे अब क्रेजी र् कलेजो दुबै रिसाम्छन कि)


 
Posted on 03-06-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मिस सिस, जिस्कार भाग्न पाइन्च  मेरो हालखबर सोद्दा कत्रो हाँसो  गरी गरी दात सप्पै लुकार

बरु भाइलाइ दया गरेर बहिनि मिलाइदिनु पर्यो  शम्भो ले कल्याण गर्चन गाँठे
याँ मुटु कलेजो भत्भति पोलिराबेलाँ


 
Posted on 03-06-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न हरियो गुलाफ भनिनछ उसले। त्यो झन दुर्लभ छ रे कलेजो।

मेरो के हुनु? च्याङ्बा लाहुर गाको छ। म चाँही उसले छुर्पि ल्याँउछ भनेर बसेको छु।
तिम्रो कलेजोमा चिसो पानी खनाउ पोलेको भए।

मिस सिस ले पनि मलाइ हसिँया भन्दा सोझो रे।

 

 


 
Posted on 03-06-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, बोली को पनि भर न भको मान्छे,  अघी मलाई दिन्छु भनेको GRE को नोट अब आएर प्रेरणालाई पो दिन्छु रे।

फेरी कामना ले तिमी लाई किन गर्नु गाली गर्नु नि तेसै?    कामना ले आज सम्म कसै लाई गाली गरेको मैले त सुन्या छैन।  

मिस दिदी ले पनि "क्रेजी सिस सोझी त  मलाई पनि  लाग्यो के तर हसियाँ जस्तो" रे।  खुच्चिङ 


 
Posted on 03-06-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति च्याङ्बा भनिरा, त्यो खच्चर लिएर गयो होला फेरि पसाङ् काँ

चिसो पानी तिनपानी कुनै पानी ले पनि चिसो नपार्नी गरेर पोल्या छ यार

हिरा काट्ने हिरै हुन्छ क्रेजी, तिम्रो नि च्याङ्बा नभा मेरो त बैगुनी कहिले नि मेरी नभा, बरु तिम्रो र मेरो कुरा मिल्ला जस्तो छ, के छ बिचार


 
Posted on 03-06-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कालेजो ब्रो, धेरै दिन पछी देखियो नि? आरामै हो?
सेतै गुलाफ भए पनि दिए भैगो नी, गुलाफ भनेको गुलाफ नै हो।
 
Posted on 03-06-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो NKC पनि के के भन्छ के के। GRE को नोट दिन्छु भन्छु love letter दिन ला हो भन्छ।

अनि त्यो प्रेरणालाइ नदेर के गर्नु त?

बढि आफु मात्र सोझो हुन खोज्या हो कि के हो? च्याङ्बा आएपछि पख कुरा लाइदिन्छु। अनि उ तोङ्बाको भाँडा लिएर आँछ बजाउन। लागे पागे च्याङ्बाको दोश।

ल कलेजोको नाम पनि थपें च्याङबाले ठोक्नेहरुको लिस्टमा। जोडी भएकोलाइ गएर रातो गुलाफ दिदो रैछ। तेहि भएर पो एक टुक्रा कलेजो पनि भतभत पोल्दो रहेछ।

मलाइ जिस्काउने होइन है। च्याङ्बाले तिम्रो त्यो बाँकी कलेजो पनि तारेर सितन बनाएर तोङ्बा सङ खाइ दिन्छ अनि थाहा पाँउछ।

मात्या हो अझै?


 
Posted on 03-06-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बाsssssssssssssssss च्याङ्बाsssssssssssssssssssssssss,

छिटाइ आइजा, यो NKC र कलेजोलाइ मोज्जाले बाज्जा। मोलाइ के के भान्छा हेर्न।

च्याङ्बाsssssssssssssssssssss,

मो जान्छा च्याङ्बालाइ खोज्ना। NKC र कलेजो, तिमीहरु भागेर नजा है।


 
Posted on 03-06-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो CL फेरी , अघी आँफैले भन्या हैन। GRE को नोट पठाइ दिदै छु, मुटु दरो परेर राख्नु भनेर। २-२ चोटी देको GRE को नोट लिन लाई पनि के को मुटु दरो पर्नु पर्छ र? अब मुटु कै कुरा गरे पछी लभ लेटर हो कि भनेर सन्खा पो लागेको त।

पठाउ न तिम्रो च्याङ्बा लाई,  तोङ्बा को भाडो त्यही च्यङ्बा को टाउको मा लगाइ दिएर मिसिसिपिमा न बगाइ बगाइ दिए त के।  त्यो जिम गै गै फुलाको मसल को बल्ल सदुपयोग होला जस्तो छ।


 
Posted on 03-06-08 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे मैले भनेकिम त नि क्रेजी सिस हँसिया अस्तै सोझी भनेर -- लु हेर त रिसाकी !मेरी  बास्सै!!!( फेरि भागे  म  सिसले  लिष्टमा मेरो नि नाम राख्नुन्च अस्तो लाओ )  


 
Posted on 03-06-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै यो क्रेजी के सारो रिसाको हो,

पिर नगर यार यो कलेजो आफ्नो इमान जमान मा बस्ने मान्छे हो| साथीको कदर गर्न जानेको छ क्रेजी| तिम्रो च्याङ्बा जिन्दाबाद तिम्रो लागि| ल अब थुकिदेउ त रिसजती|


 
च्याँङवा
Posted on 03-06-08 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किना आजो यो खाच्चार पानि छारपार कार्चा....च्यांग्ग्रा पानि गोक्रो सुक्ने कारी काराउचा..... मेरो नि किना गाँटी कासकास कार्चा बानेको ता मोइच्याङले साम्जेकु राइच।
मो तोंइले छुर्पी छुर्पी बानेरा काराकु काराकाइ गार्यु बानेर छुर्पि लिन गाकु थियो.....पासाङकोमा नागाकु त काद्दि बायु काद्दि।

तोंलाई के के बानेकु राइचा..... म्हो आबो यो तोङबाकु भांडुले काल्ले काल्ले भेट्चा बिचार कार्चा......
आस्ति मोइले त्यो दातुरे, काले, ज्यालकुमार  आरुको के आलात कार्यु बानेरा बिर्से जास्दु छा..... म्हेरो रा यो लोलको मासाल ता मान्छे कुटेरा कुटेरा फुलेको छा आबो मोइले देकाउंचा यिनिआरुलाई......आस्दि मोलाई दातुरेले बोरामा हालिरा कादा लाग्यु रा दा क्यै बाइना..... कालि आलि आलि रिंगाटा लागेकु जास्तु बायु..... आबो कोलामा फाल्यु बाने झान के हुन्जा म्हो बुटेकुशिमा पाउरी केल्ने मुन्जेलाई? बारु आचेल कार्मि लाग्यु सिताल हुन्जा होला.....
लु तोलाई यो साप्पै छुर्पि, तों कांदै कार, मो यिनिआर्लाई ठोक्दाई कार्चा। यो कालिजोलाइ मोइले काचाककुचुक बानार पित्ता बानाइदिन्जा... त्यो छोरोलाई मोइले क्वां क्वां रुने छोरी बानाइदिन्जा आबो,.... मोलाई ता साराइ जाङ चालायु होइ.....



 
Posted on 03-06-08 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lamo ayu raicha chyanbako.

thank u chyangba!


 
Posted on 03-06-08 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-08 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि क्रेजि झगडा गर्ने मामिलामा पनि खतरा रैछ बाइ।


 
Posted on 03-07-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy love, dami gayo ni hau. Aru pani jaos.


 
Posted on 03-07-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा तों कालि तोङ्बा कादै बास्चा मोइच्याङ्लाइ चादेर आनि आरुले जिस्काइ हाल्चा नि। आझा म्हेरो पित्ता बानाउचा बानेकु राइचा, म्हेरो हातामा दाइ जामाकु चा नासुच्। मों नाबाकु बेलामा आउदा राइचा आनि काचाककुचुक बानाउचा बानेकु राइचा। मों पनि तोंलाइ तोङ्बाको भांडुको तोपि लाइदिन्जा आका चोप्ने गारेरा आनि साराक को बिचामा चारिदिन्जा, आनि कार कासारि आउदाराइचा मों पानि हेर्चा। धेराइ नाकारा च्याङ्बा फिरि तों गाँति सुकेरा मार्चा। तों मारे बाने पिर चाइना फिरि तेह्रो मोइच्याङ् रुइरा बासेकु बासेकै गार्चा आनि मोलाइ नाराम्रो लाग्चा।

 
Posted on 03-08-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lovely writing with great sense of humor.

 
Posted on 03-09-08 1:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great writtin ,हाँस्दा हाँस्दा हुरुक्कै भइयो ............तर अलि छोटो भएजस्तो लाग्यो !हुन त धेरै मन परेर पनि हुन सक्छ तै पनि !अलि लामो लेखूम न


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters