Variyaa
Replies to this thread:
More by Variyaa
What people are reading
Subscribers
Please log in to subscribe to Variyaa's postings.
:: Subscribe
|
नेपालमा बाटो बनाउन पर्यो भने
|
[VIEWED 6188
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Variyaa
Please log in to subscribe to Variyaa's postings.
Posted on 05-01-08 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेइ,
सोचिरा'थेँ नेपालमा कुनै जिल्लामा सडक बनाउन पर्यो भने कसरी गर्छन् भनेर। तिनीहरु national level बाटै prioritized हुन्छन् कि नगरपालिकाले आफै डिसाइड गर्छ? Does anybody have idea about if the municipalities get a lumpsome money to invest on civil infrastructures?
सडक बिभाग तिर अनुभब बटुल्या यसो कोहि होलान नि?
|
| |
|
|
|
|
bisal123
Please log in to subscribe to bisal123's postings.
Posted on 05-01-08 9:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
why? r u looking for a job Mr. 'Variya'. Just kidding........ as far as I know, if it's in city limit except highways, Nagarpalikas do it. if it's Highways Govt does. Hope this little knowledge helps you.
|
| |
|
|
Variyaa
Please log in to subscribe to Variyaa's postings.
Posted on 05-01-08 10:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन, एउटा आर्टिकल लेख्ने बिचार गरिरा'थेँ technology road map development सम्बन्धि।
सडकमा Public-private partnership जस्ता स्टफ सम्बन्धि अनुभव/आर्टिकल पाइने ठाउँ था' होला?
|
| |
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 05-01-08 11:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जेनतेन तपाइसंग ढेवा छ भने पहिला त गाबिस या नपालिकामा समपर्क राख्नुपर्यो । तेहा बिभिन्न दलहरुले प्रतिनिधित्व गरेका हुन्छन र कुन पारटीबाट बाटो बनाएको भन्न मन पर्छ? यदि तपाइ तथस्त बन्नुभयो भने किचिलो हुन्छ र बनाउनै नदिने भन्लान । तसर्थ कुनै बलियो पार्टीलाइ समात्नु बेस होला। किनभने नेपालमा बाटो बनाउनु भनेको ठुलो भोटको ब्यांक बटुल्नु हो । त्यसैले पार्टीहरु बाँदरको चरित्र देखाउन कदापि पछि पर्दैनन । एउटा उदारहण,
कांग्रेस-एमालेका आआफ्नै सडक
दिनेश घिमिरे/नयाँ पत्रिका
रामेछाप, २४ भदौ
मन नपर्ने मान्छेको बाटै गन्हाउछ भन्ने उखान रामेछापका नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताले चरितार्थ गरेका छन् । शक्ति देखाउन खनिएका यस्ता सडक साघुरा भएकाले गाडी भने कुदेका छैनन् । रामेछापको गेलु र भीरपानीमा अलग-अलग सडक बनेका छन् । यसरी दुइवटा सडकले पुग्ने ठाउमा चारवटा सडक खन्नुपरेको छ । यसले स्थानीय बासिन्दालाई दुःख मात्र भएको छ, गाडी नचलेकाले उपलब्धि केही छैन । एमाले र्समर्थक बस्तीलाई फाइदा पुग्ने गरी सडक बनाइएको भन्दै कांग्रेसले २ सय मिटरमाथिबाट समानान्तर बाटो खनेको छ ।एमाले स्थानीय सत्तामा भएको बेला गेलुमा सिक्राल हुदै पशुपति मन्दिरबाट बुङदालसम्म सडक खनेको थियो । यसका लागि राष्ट्रिय योजना आयोगको बजेटमा जिल्ला विकास समिति र गाविसले सडक खनाएका थिए ।
जिल्ला विकास परिषद्ले नै एकमतले पारित गरेर स्थानीय श्रमदानमा समेत खन्न थालिएको सडक बीचमा पुगेपछि विवाद उत्पन्न भएको थियो । एमालेले आफ्ना र्समर्थकको बस्तीतर्फलगेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको थियो । विवाद बढ्दै गएपछि कांग्रेसका स्थानीय नेताको नेतृत्वमा दुइ सय मिटर तलबाट समानान्तर सडक खनिएको छ । लोकतन्त्र बहालीपछि कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री भएकाले कांग्रेसले राष्ट्रिय योजना आयोगबाट बजेट छुट्टयाउन सफल भएको हो । कांग्रेसको नेतृत्वमा सादीबाट साबाडाडा हुदै नाटिलासम्म सडक खनिएको छ । यसरी सरकारी पैसा खर्चेर समानान्तर सडक बनेका छन्, तर पैरोले गर्दा दुवै सडक ट्रयाक्टर पनि नचल्ने भएका छन् ।
उता, भीरपानीमा भने पहिले कांग्रेसले एकलौटी गरेको भन्दै एमालेले नया“ सडक खनेको छ । पहिले सित्का नयाबजारबाट भगवती प्रावि, प्रगतिशील निमावि भलायाखर्क हुदै पकरबासको ठाटीसम्म सडक खनिएको थियो । सडक खनेको पनि तीन वर्षभइसकेको छ । तर, राष्ट्रिय योजना आयोगको बजेटमा बनेको सडकमा असन्तुष्टि व्यक्त गर्दै एमालेले नया सडक खनेको हो । यो सडक गोगनपानीबाट पकरबासको ठाटीसम्म पुगेको छ । तर, राष्ट्रिय योजना आयोगबाट बजेट नपाएको एमालेले २५ लाख रुपैया चन्दा उठाएर सडक बनाएको हो । बजेटको अभावमा खनिएको यो सडक साघुरो भएकाले गाडी चल्न सकेको छैन ।
यसरी पार्टर्ीी राजनीतिजस्तै सडक पनि फरक-फरक बनाएको स्थानीयबासीलाई मन परेको छैन । 'दुवैथरिले मिलेर सडक निर्माण गरेको भए ठूलो र फराकिलो सडक तयार हुने थियो', स्थानीय हरि केसी भन्छन्, 'तर, अहिले दुवैले बनाएका सडकले काम दिएनन् ।' त्यस्तै, स्थानीय कृष्ण तामाङ पनि निमुखा जनताका पिरमर्कामा सहयोगी हुनुपर्नेमा राजनीतिक दलले पैसा धूलोमा उडाएको आरोप लगाउ“छन् । '२० मिटर पोलिथिन पाइप नभएर पानी खान नपाउने जनता पनि यहा“ छन् । उनीहरूको पिरमर्काबारे ध्यान दिएको भए दलहरूलाई जनताले धन्यवाद दिन्थे' उनी भन्छन् ।
गेलुमा एमालेले बनाएको सडकमा १७ लाख र कांग्रेसले बनाएको सडकमा १३ लाख ५० हजार रुपैया“ सरकारी बजेट खर्च भएको प्राविधिक बताउ“छन् । ७/७ किलोमिटर लामा ती सडक बनाउन ३०/३० लाख रुपैया“ बराबर श्रमदान भएको थियो । सडक बनाउन डोजर ल्याउ“दा व्यक्तिगत लालपर्ुजा धितो राखेर ऋण निकालेको नेता बताउ“छन् । एमालेले ८ लाख र कांग्रेसले ३ लाख ७८ हजार रुपैया“ विभिन्न वित्तीय संस्थालाई तिर्न बा“की भएको बताउ“छन् ।
उता, भीरपानीको सडक बनाउ“दा पहिले नै ६६ लाख ५० हजार रुपैया“ खर्च भएको थियो भने त्यसको विरोधमा एमालेले २५ लाख उठाएर अर्को सडक निर्माण गरेको छ ।
त्यस्तै, मन्थलीबाट टेकनपुर ह“ुदै कठजोर जाने सडक पनि तीनतर्फाट निर्माण भएका छन् । मन्थलीबाट लिपेखोला टेकनपुर ह“ुदै कठजोरसम्म पहिलो, भर्याङखोला टेकनपुर हु“दै कठजोरसम्म दोस्रो र मन्थली टेकनपुर ह“ुदै कठजोरसम्म तेस्रो सडक निर्माण भएका छन् । तर, कुनै पनि सडक सवारीसाधन चल्न सक्ने अवस्थामा भने छैनन् ।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| ए १ पनि पुगेनछ ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|