[Show all top banners]

chhina

More by chhina
What people are reading
Subscribers
:: Subscribe
Back to: History / Culture Refresh page to view new replies
 सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
[VIEWED 6857 TIMES]
SAVE! for ease of future access.
Posted on 05-20-09 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू योर्क- नेपालका आदिबासी किरातीराइहरुको महान पर्ब साकेला यसपाली न्यू योर्क शहरमा यही मैइ २३ तारिख धुमधामका साथ मनाइदै छ। किरात राइ सोसाइटी अफ अमेरिकाको आयोजनामा हुन लागेको उक्त साकेला उत्सब नेपालका पूर्व राजदूत तथा त्रिभुवन विश्व बिद्यालयका प्रोफेसर डा. नोवल किशोर राइले उदघाटन गर्नुहुने छ भने झन्डै १९ राज्यहरुबाट राइहरु भाग लिने छन्।

 

अमेरिकामा किरात राइहरुले आफ्नो महान पर्ब साकेला मनाउन सुरुवात गरेको समय लामो भएको छैन। सन २००३ मा वासिङ्टन डि. सि., र २००४ मा कोलोराडो हुँदै त्यस्पछी संस्थागत रुपमा यो पर्बलाई हर्सोल्लासका साथ किरात राइ सोसाइटी अफ अमेरिकाले आयोजना गर्दै आएको छ।



संसार भरिका किरात राइ समुदाय अहिले सकेलामय भएको छ। यस पर्वको बिबिध सास्कृतिक, धार्मिक, शास्त्रीय तथा पारम्परिक महत्व र बिशेषता रही आएको छ। यस बर्ष अमेरिकाका राइहरुले अन्य देशका राइहरुले भन्दा केही ढिलो गरी साकेला मनाउदैछन्। मुलत: यस्को ध्येय सबै पेसामा आबद्ध राइहरुलाई समाबेश गराउने प्रयास हो । जस्ले यहाँ अध्ययनरत राइ विद्यार्थीहरुलाई सहभागीता जनाउन सहज हुनेछ।



भौगोलिक दृष्टिले यो बिशाल देशमा साकेलाको लागि सहभागी बन्न समय र आर्थिक दृष्टिछले हेर्दा सजिलो भने पक्कै छैन। तापनि, यस कार्यक्रममा ति कठिनाईको कुनै परबाह नगरि झन्डै १९ राज्यहरुबाट राइहरुले उपस्थिती जनाउने कुरा कार्यक्रमका सयोजक मणी बाङ्देल बताउनु हुन्छ । यसका लागि मे २० तारिख देखी राइहरु न्यू योर्क प्रस्थान गर्ने छन्।



तीन भागमा बिभाजित यस कार्यक्रमलाई साकेला समारोह, किरात राइ सोसाइटी अफ अमेरिकाको वार्षिक सभा र सास्कृतिक कार्यक्रम गरी आयोजना गरिने छ । डा. नोवल किशोर राईको प्रमुख आतिथ्य्मा हुने यस कार्यक्रममा बिभिन्न सस्थाका प्रतिनिधिहरुको सहभागीता रहने छ। संयोजक मणी बाङ्देलका अनुसार साकेला कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको छ।



-Nitu Khapung in Kentucky

usnepalonline.com

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters