[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
  घण्टा
[VIEWED 6244 TIMES]
SAVE! for ease of future access.
Posted on 04-04-12 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

मैले कुनै बेर भने थे 
आँफै लाई घण्टा सँग दाजे थे 
आज म हेरी तेइ गर्छु 
आज म दुनियाँ लाई घण्टा भन्छु । 
 
म घण्टा हरु सँग बस्छु  
को आउछ को जान्छ थाह हुँदैन , 
को घर मा छ, को कती खेर मुन्टिन्छ पत्तै हुन्न 
भात कैले पाक्छ काइले हुन्न केइ पत्तो हुन्न , 
म घण्टा हरु सँग राती को घण्टा काट्छु । 
 
साथी पनि घण्टा जस्तो छ , 
काम परेपछी मात्र सम्झन्छ  
खाने बेला दुनियाँ लाई खोज्दै हिद्द्छ, 
दु:ख पर्दा बास नै मै सँग बस्छ ,  
के गर्नु मोरो साथी हो , 
म घण्टा हरु सँग संगत गर्छु । 
 
म घण्टा हरु सँग काम गर्छु, 
साहु को आँखा मा छारो हालेर , 
फस्ल्याङ , फुस्लुङ पारेर  झारा तार्ने घण्टा हरु , 
घण्टा पकाएर बस्ने अल्छि घण्टाहरु सँग म १२ घण्टा काट्छु , 
म घण्टा हरु सँग घण्टा पकाएर घरको चुलो बसाउछु ।  
 
मेरो भाग्य मा नै घण्टा छ जस्तो छ,
अमेरिका आएर नि घण्टाइ भयो
न पढाई भयो न पैसो भयो , 
न त त्यो मुलो हरियो पत्ता नै भयो , 
बरु  तेस्को चक्कर मा जिन्दकी चै घण्टा भयो 
उ बेलाको उखान जस्ताइ भयो , 
सँगइ का साथी हबल्दार जम्दार म चै घण्टा  हल्लाउने  !
 
 
मलाई लाग्छ संसार घण्टाइ घण्टा ले भरिएको छ , 
बाटो मा जहाँ जान्छु घण्टाइ भेट हुन्छ , 
रातो बत्ती मा तिर्‍र घण्टा बजाउछ ,
म पनि माजी आउलो ले घण्टाइ देखाइ दिन्छु , 
पार्क मा जान्छु , एउटा  घण्टा सँगइ आएर चुरोट तान्दिन्छ , 
बाटो मा हिद्छु , अर्को घण्टा आएर उभी दिन्छ, 
काम मा जान हतार हुन्छ, 
एउटा घण्टा आएर हिजो जाड खाएर ओकालेको कुरो भन्न थाल्छ 
घण्टाइ घण्टा ले भरिएको छ यो घण्टा संसार । 
 
मेरो लागि घण्टा भगवान नै हो , 
मन्दिरमा बजाए मरेपछी स्वोर्ग जान्छ रे 
काम मा बजाए पैसो आउछ, जिउदै स्वोर्ग गयिन्छ ,
घण्टा  महान बस्तु   हो, 
एत्र तत्र सर्बत्र छरिएको तिमी मुल्यवान  बस्तु हो,
म तुस्छ घण्टा तिम्रो बयान गरु कसरी ,
म पनि त एउटा  घण्टा नै त  हुँ 
आफ्नै महिमा म गाउ कसरी ?  

Note :राहुल दाइ को बिशेस आग्रह मा यो पालि अलि कति टंकन शुद्धता मा ध्यान दिएको छु , गल्ति भए माफी पाउ . 
 

 
Posted on 04-04-12 1:23 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घण्टा त दामी बजायौ मित्र
unicode Convertor को सत्ता को nepali romanized unicode प्रयोग गर्दा भौतिक शुद्दता पनि  हुन्छ Pasa
Last edited: 04-Apr-12 03:03 PM

 
Posted on 04-04-12 1:25 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दम राम्रो , खुशी लाग्यो . भाषिक शुद्धता पनि ध्यान दिएको मा . अब काब्य शैली मा अझ निखार ल्याउनु , एउटा निश्चित शैलीलाइ अपनाउनु . भाव त सदा झैँ अब्बल दर्जा कै छ .

 
Posted on 04-04-12 3:29 PM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घण्टा बजाउदा बजाउदै घण्टा जस्तो भएर यता साझातिर छिरेको त अम्रिकानेले यहाँ अर्को घण्टा ल्याएर टासिसकेछ....

सदाको झै अत्यन्त भावपूर्ण र मिठो लाग्यो यो प्रस्तुति पनि

 
Posted on 04-04-12 4:13 PM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amricane-जी दाइहरुले भने झैँ मलाई पनि तपाइको कविता भावपूर्ण लग्यो है . तपाईको मुक्तकको र कविताहरुको फ्यान है म त.


 
Posted on 04-04-12 10:42 PM     [Snapshot: 434]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति घण्टा हाने पनि केहि छैन तर घण्टाले आफुलाई हान्न थाल्यो भने चै सोच्नु पर्ने हुन्छ 
 
Posted on 04-05-12 10:38 AM     [Snapshot: 587]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सबेरै उठेर कविता पदियो, मनै छुने कविता लेख्नु भएको रैछ अमेरिकाने जी . तर अलि x rated type को परेछ तर की छैन अमेरिका मा एति त पाचैन्चा. 
 
Posted on 04-05-12 12:05 PM     [Snapshot: 645]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुल्मिज़ ब्रो कता बेपत्ता हो येत्रो दिन ?
राहुल दाई को मार्गनिर्देसन को लागि धन्यबाद 
जिते दाइ घण्टा हान्दै गर्नुस  
thahachaina र rethink thank  you 
कर्णाली ब्लुएस म जैले बास्तबिक सब्द को प्रयोग मात्र गर्छु  ;)

 
Posted on 04-05-12 2:08 PM     [Snapshot: 714]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकने @ एक दम राम्रो छ , सारै मन छुनी


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters